
आज कार्तिक ५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल

मेष
दिन अनुकूल रहनेछ। बोली र व्यवहारमा एकरूपता कायम राख्नुहोला। सानातिना कुराले पनि मनमा उत्साह र उमङ्ग थप्नेछ। शास्त्रको अध्ययन तथा धार्मिक गतिविधिमा सहभागी हुँदा मन शान्त रहनेछ। धार्मिक अभियन्तासँगको भेटघाटले सकारात्मक ऊर्जा प्रदान गर्नेछ।
वृष
आजको दिन सामान्य रहनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ भने व्यापार व्यवसायबाट लाभ मिल्नेछ। साथीभाइबाट अपेक्षित सहयोग नपाउँदा मन खिन्न हुन सक्छ। राज्यका तर्फबाट महत्त्वपूर्ण अवसर प्राप्त हुने योग छ। निरन्तरको मेहनतले सफलता दिलाउनेछ।
मिथुन
भाग्यले साथ दिने दिन छ। थोरै लगानीबाट पनि राम्रो आम्दानी हुने सम्भावना छ। शिक्षाको क्षेत्रमा प्रगति हुनुका साथै अध्ययनप्रति रुचि बढ्नेछ। साथीभाइ तथा बन्धुबान्धवसँगको सहकार्यले फाइदा पुर्याउनेछ। विदेशमा गरिएको लगानीबाट लाभ मिल्ने योग छ।
कर्कट
आजको दिन सुखद् रहनेछ। व्यापार व्यवसायमा गरेको मेहनतले राम्रो प्रतिफल दिनेछ। स्वास्थ्यमा सुधार आउनेछ भने काममा विरोध गर्नेहरूबाट समेत सहयोग प्राप्त हुन सक्छ। शिक्षाको क्षेत्रमा भने केही ढिलासुस्ती हुन सक्ने भएकाले थप मिहिनेत गर्नुहोला।
सिंह
व्यापार व्यवसायमा लाभ मिल्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्तीले समस्या पार्न सक्छ। राजनीतिक क्षेत्रमा छलकपट हुन सक्ने भएकाले निर्णय गर्दा विशेष सतर्कता अपनाउनुहोला। परिवारबाट सहयोग प्राप्त हुनेछ भने प्रेम सम्बन्ध सुमधुर बन्नेछ। घरायसी काम गर्दा सावधानी अपनाउनु उचित हुनेछ।
कन्या
आज गरेका कामबाट लाभ प्राप्त हुनेछ। आफ्नो कला, प्रतिभा र वाक्कलाको प्रशंसा हुनेछ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपान र आराममा ध्यान दिनुहोला। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। लगानीबाट सफलता मिल्ने सम्भावना छ भने विभिन्न काममा सहयोगी हातहरू थपिनेछन्।
तुला
आज साहस र आत्मविश्वासका साथ अघि बढ्नुपर्ने दिन छ। आफ्नो बोली र क्षमतालाई परोपकारी काममा लगाउनु उचित हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ भने परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नुका साथै सम्बन्ध थप सुमधुर बन्ने योग छ।
वृश्चिक
आज विभिन्न काममा झन्झट र अवरोध आउन सक्छन्। धैर्यपूर्वक अघि बढ्नुभयो भने शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ भने परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा पनि सुधार हुने सम्भावना छ। दिनको सुरुवात दान तथा परोपकारी कार्यबाट गर्नु शुभ हुनेछ।
धनु
दिन अनुकूल रहनेछ। राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुन सक्छ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा गरिएका प्रयास सफल हुनेछन्। विपक्षीहरूले आलोचना गर्न सक्ने भएकाले अनावश्यक विवादबाट टाढा रहनुहोला। परिवारको साथ र सहयोग प्राप्त हुनेछ भने प्रेम सम्बन्धमा सुधार आउनेछ। व्यापारमा सफलता हासिल गर्न थप मेहनत गर्नुपर्नेछ।
मकर
आजको दिन राम्रो रहनेछ। व्यापार व्यवसायबाट लाभ मिल्ने योग छ। दाजुभाइसँग सहकार्य गरेर अघि बढ्दा काममा सफलता प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। साथीभाइसँग व्यवहार गर्दा हतारमा निर्णय नगर्नुहोला। सोचविचार गरेर अघि बढ्दा सम्भावित समस्या टार्न सकिनेछ।
कुम्भ
दिन अनुकूल रहनेछ। लगानीका क्षेत्रमा जोखिम देखिएकाले सोचविचार गरेर मात्रै निर्णय लिनुहोला। सामाजिक तथा धार्मिक गतिविधिमा रुचि बढ्नेछ। कामका लागि पर्याप्त समय र मेहनत दिन सके सफलता प्राप्त हुनेछ। नयाँ काम सुरु गर्नुअघि आफ्नो अवस्था, योजना र सम्भावित परिणामको राम्रोसँग मूल्याङ्कन गर्नु उचित हुनेछ।
मीन
आजको दिन सामान्य रहनेछ। बोल्दा विशेष सावधानी अपनाउनुहोला, किनकि आवेगमा व्यक्त गरिएका शब्दले सम्बन्धमा समस्या निम्त्याउन सक्छन्। आम्दानीको तुलनामा खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोला। परिवारका सदस्यभन्दा बाहिरका व्यक्तिबाट प्रशंसा प्राप्त हुन सक्छ। यात्राको योजना बनाउँदा विशेष सावधानी अपनाउनु उचित हुनेछ।
समाज
थप सामाग्री
खगेन्द्र र गिरीबहादुर सुनार प्रकरणमा ओशो तपोवनको आपत्ति, व्यक्तिगत घटनामा संस्था नजोड्न आग्रह
३ दिन अगाडि
3.0kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार र…





