
तिथि वृद्धिले नवरात्र दशरात्र, हनुमानढोकामा कालरात्रि पूजा आज राति

काठमाडौं । यस वर्ष अष्टमी तिथि दुई दिन परेकाले नवरात्र दशरात्र बन्न पुगेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोअनुसार आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा कात्तिक १ गते राति गर्नुपर्ने उल्लेख भए पनि राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा भने आज राति गरिने भएको छ।
हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार समितिसँगको परामर्श र तलेजुका पुजारीले गर्दै आएको परम्पराअनुसार सोमबार राति कालरात्रि पूजा गर्ने निर्णय गरिएको हो।
हनुमानढोका दरबारमा महाअष्टमीको पूजा सम्पन्न गरेपछि लगत्तै अर्को दिन महानवमीको पूजा, आराधनालगायत धार्मिक कर्म गर्ने परम्परा रहेकाले सोहीअनुसार पूजा गर्ने निर्णय गरिएको उनले जानकारी दिइन्।
हनुमानढोका दरबारको दसैँघरमा कात्तिक १ गते आइतबार पनि महाअष्टमीको सामान्य पूजा गरिएको छ। मूल पूजा भने सोमबार गरिने दरबार हेरचाह अड्डाले जनाएको छ।
महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशुको बलिसहित विशेष पूजा तथा आराधना गर्ने परम्परा रहिआएको छ। यस वर्ष तिथि वृद्धिका कारण महाअष्टमीका धार्मिक कर्म दुई दिनसम्म गर्नुपर्ने अवस्था बनेको हो।
धर्मशास्त्रविद्हरूका अनुसार देवीको साधना, पूजा तथा आराधना गर्न एक दिन थपिँदैमा धार्मिक अनुष्ठानमा कुनै फरक पर्दैन। यस वर्ष विजयादशमीका दिन टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ।
समाज
थप सामाग्री-
खगेन्द्र र गिरीबहादुर सुनार प्रकरणमा ओशो तपोवनको आपत्ति, व्यक्तिगत घटनामा संस्था नजोड्न आग्रह
-
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध लुम्बिनीमा आक्रोश, प्रवेश निषेधको घोषणा
-
बीपी राजमार्गमा हायस दुर्घटना, तीन जना घाइते
-
तिथि वृद्धिले नवरात्र दशरात्र, हनुमानढोकामा कालरात्रि पूजा आज राति
-
आज कार्तिक २ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
आज महागौरीको पूजा गरिँदै, सुख, शान्ति र समृद्धिको कामनासहित नवदुर्गाको आराधना
१ दिन अगाडि
2.1kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौँ । शारदीय नवरात्रको आठौँ दिन आज नवदुर्गामध्ये आठौँ स्वरूप माता…





