
बीपी राजमार्गमा हायस दुर्घटना, तीन जना घाइते

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित दुबैगैंडा नजिकै बीपी राजमार्गमा हायस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
सोमबार बिहान करिब २ः२५ बजे झापाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो।
दुर्घटनामा इलाम नगरपालिका–६ का ३७ वर्षीय चालक लोकबहादुर सेन्चुरी, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–७ की २६ वर्षीया रिता आपाँगाई र उनका नौ वर्षीय छोरा रितिक आपाँगाई घाइते भएका छन्।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी भकुण्डेबेँसीबाट प्रहरी नायब निरीक्षक प्रकाश पाण्डेको कमाण्डमा तथा अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरी टोलीले तीनै जना घाइतेको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएको जनाएको छ।
समाज
थप सामाग्री-
खगेन्द्र र गिरीबहादुर सुनार प्रकरणमा ओशो तपोवनको आपत्ति, व्यक्तिगत घटनामा संस्था नजोड्न आग्रह
-
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध लुम्बिनीमा आक्रोश, प्रवेश निषेधको घोषणा
-
बीपी राजमार्गमा हायस दुर्घटना, तीन जना घाइते
-
तिथि वृद्धिले नवरात्र दशरात्र, हनुमानढोकामा कालरात्रि पूजा आज राति
-
आज कार्तिक २ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
आज महागौरीको पूजा गरिँदै, सुख, शान्ति र समृद्धिको कामनासहित नवदुर्गाको आराधना
१ दिन अगाडि
2.2kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौँ । शारदीय नवरात्रको आठौँ दिन आज नवदुर्गामध्ये आठौँ स्वरूप माता…





