७१औँ प्रहरी दिवसमा एसएसपी रमेश थापा कदरपत्रबाट सम्मानित

काठमाडौं । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापा कदरपत्रबाट सम्मानित हुनुभएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले एसएसपी थापालाई कदरपत्र प्रदान गर्नुभएको हो।

नेपाल प्रहरीमा रहेर अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम, नागरिकलाई प्रभावकारी सेवा प्रवाह तथा संगठनको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने क्रममा पुर्‍याएको योगदानको कदर गर्दै थापालाई सम्मान गरिएको हो।

प्रहरी दिवसका अवसरमा आयोजित समारोहमा आईजीपी कार्कीले प्रहरी कर्मचारीलाई जिम्मेवार, निष्पक्ष, पारदर्शी र परिणाममुखी भएर कार्यसम्पादन गर्न निर्देशन दिनुभएको थियो। उहाँले बदलिँदो सुरक्षा चुनौती र प्रविधिको विकाससँगै प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्न तथा मानव अधिकारको संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो।

७१औँ प्रहरी दिवसको अवसरमा प्राप्त कदरपत्रले एसएसपी थापाको व्यावसायिक योगदानको सम्मान गरेको छ। यसले आगामी दिनमा अझ जिम्मेवारीपूर्वक राष्ट्र र नागरिकको सेवामा समर्पित हुन थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
30 Shares