

अर्जेन्टिना–इजिप्ट खेलमा रेफ्रीबाट कुनै गल्ती भएन : फिफा रेफ्री प्रमुख कोलिना

काठमाडौं । फुटबल इतिहासका चर्चित पूर्वरेफ्री तथा हाल फिफा रेफ्री विभाग प्रमुख पिएरलुइजी कोलिनाले अर्जेन्टिना र इजिप्टबीचको विश्वकप खेलमा रेफ्री टोलीबाट कुनै गल्ती नभएको बताएका छन्।
सन् २००२ को विश्वकप फाइनलमा रेफ्रीको भूमिका निर्वाह गरेका कोलिनाले खेलका क्रममा मैदानमा गरिएका सबै निर्णय निष्पक्ष र नियमअनुसार भएको दाबी गरेका हुन्।
एक अन्तर्वार्तामा उनले रेफ्रीहरूको निर्णयप्रति आलोचना हुनु फुटबलको स्वाभाविक पक्ष भएको उल्लेख गर्दै खेलमा पराजयपछि इजिप्टले खेल अधिकारीहरूको इमानदारितामाथि प्रश्न उठाएको विषयको आलोचना गरेका छन्।
इजिप्ट फुटबल संघले अर्जेन्टिनासँगको खेलपछि रेफ्री र भिडियो सहायक रेफ्री (VAR) टोलीविरुद्ध फिफामा उजुरी दर्ता गर्दै वैध गोल अमान्य गरिएको र पाउनुपर्ने पेनाल्टी नदिएको आरोप लगाएको थियो। कोलिनाको पछिल्लो अभिव्यक्तिलाई सोही आरोपप्रतिको प्रतिक्रिया रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





