
इङ्ग्ल्यान्डविरुद्ध ऐतिहासिक नेभी ब्लु जर्सीमै उत्रिने अर्जेन्टिना

सन् २०२६ फिफा विश्वकपको बहुप्रतीक्षित सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डविरुद्ध आफ्नो प्रतिष्ठित नेभी ब्लु (गाढा निलो) अवे जर्सी लगाएर मैदान उत्रिने भएको छ। इङ्ग्ल्यान्ड भने आफ्नो परम्परागत सेतो होम जर्सीमै खेल्नेछ। अर्जेन्टिनी सञ्चारमाध्यमहरूका अनुसार यो जर्सी चयनलाई टोलीको ऐतिहासिक सफलता र सौभाग्यसँग जोडेर हेरिएको छ।
यही नेभी ब्लु जर्सी लगाएर अर्जेन्टिनाले सन् १९८६ विश्वकपको क्वार्टरफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरेको थियो। उक्त खेलमा महान् डिएगो माराडोनाले फुटबल इतिहासका चर्चित “Hand of God” र “Goal of the Century” गोल गरेका थिए। साथै, सन् १९९८ विश्वकपमा पनि यही जर्सी लगाएर अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो।
यद्यपि, अर्जेन्टिना फुटबल संघले जर्सी छनोटको आधिकारिक कारण सार्वजनिक गरेको छैन। अर्जेन्टिनी सञ्चारमाध्यमहरूले भने विगतका ऐतिहासिक सफलतासँग जोडिएको प्रतीकात्मक महत्वका कारण यो जर्सी रोजिएको हुन सक्ने बताएका छन्। अब अर्जेन्टिनाको लक्ष्य यही ऐतिहासिक जर्सीको प्रेरणासँगै इङ्ग्ल्यान्डलाई पराजित गर्दै विश्वकप फाइनलमा स्थान सुरक्षित गर्नु हुनेछ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज धनतेरस मनाइँदै, तिहार पर्व सुरु
-
सत्ताको स्वार्थमा प्रहरी प्रमुखमाथि प्रहार : प्रहरी संगठनलाई राजनीतिक खेलमैदान बनाउने दुस्साहस !
-
प्रधानमन्त्री बालेन शाह र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेटवार्ता
-
३० वर्षअघिको घटना सम्झायो प्रहरी नेतृत्व परिवर्तनले
-
आज कार्तिक १९ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
आईजीपीबाट हटाउने निर्णयको कानुनी वैधतामाथि प्रश्न, पुनर्बहालीको माग गर्दै कार्की सर्वोच्च जाँदै
१ दिन अगाडि
2.3kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की आफूलाई पदमुक्त…





