

सत्यको पक्षमा अडिग पत्रकारिता

नेपाली पत्रकारिताको इतिहास केवल समाचार सम्प्रेषणको इतिहास होइन; यो सत्य, साहस र लोकतान्त्रिक मूल्यको निरन्तर रक्षा गर्दै आएको संघर्षको इतिहास हो। सत्ता, बन्दुक, धम्की, सेन्सरशिप र दमनका अनेकौँ कालखण्ड पार गर्दै आएको नेपाली पत्रकारिताले बारम्बार एउटा सत्य स्थापित गरेको छ। पत्रकारलाई डर देखाएर सत्यलाई कहिल्यै पराजित गर्न सकिँदैन।
आज पनि असहमतिका आवाजलाई दबाउन नयाँ–नयाँ शैलीहरू अपनाइँदै छन्। सञ्चारमाध्यम, पत्रकार, मानवअधिकारकर्मी वा सार्वजनिक रूपमा प्रश्न उठाउने नागरिकमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने, शक्ति प्रदर्शनमार्फत त्रास फैलाउने वा मौन रहन बाध्य पार्ने कुनै पनि प्रयास लोकतान्त्रिक संस्कृतिमाथिको प्रत्यक्ष आक्रमण हो। यस्ता गतिविधिले सत्यलाई कमजोर पार्दैनन, बरु अधिनायकवादी सोच र असहिष्णुताको वास्तविक अनुहार उजागर गर्छन्।
लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, नागरिक अधिकार हो। सत्तालाई जवाफदेही बनाउनु विद्रोह होइन, सुशासनको आधार हो। सार्वजनिक सरोकारका विषयमा तथ्य र सत्य उजागर गर्नु कसैविरुद्धको षड्यन्त्र होइन यो पत्रकारिताको संवैधानिक, नैतिक र व्यावसायिक दायित्व हो। यही दायित्व निर्वाह गर्ने क्रममा नेपाली पत्रकारिताले जेल, धम्की, दमन र अनेकौँ यातना सहनुपरेको छ। तर प्रत्येक कठिनाइका बीच पनि सत्यप्रतिको प्रतिबद्धता कहिल्यै डगमगाएको छैन।
सत्ताको शक्ति क्षणिक हुन्छ, तर सत्यको शक्ति कालजयी हुन्छ। डर र दमनको राजनीति केही समय टिक्न सक्छ, तर त्यसले इतिहासको फैसला बदल्न सक्दैन। अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने प्रत्येक प्रयास अन्ततः लोकतन्त्रको जगमाथिको प्रहार हो। त्यसैले स्वतन्त्र प्रेसको रक्षा गर्नु पत्रकारहरूको मात्र दायित्व होइन यो लोकतन्त्रमा विश्वास गर्ने प्रत्येक नागरिकको साझा जिम्मेवारी हो।
आज आवश्यक परेको कुरा दबाब होइन, जवाफदेहिता हो। त्रास होइन पारदर्शिता हो। शक्ति प्रदर्शन होइन, कानुनको निष्पक्ष शासन हो। लोकतन्त्र बलियो तब मात्र हुन्छ, जब प्रश्न गर्ने अधिकार सुरक्षित हुन्छ, आलोचनालाई सम्मान गरिन्छ र सत्य बोल्ने आवाजलाई संरक्षण दिइन्छ।
इतिहासले अन्ततः शक्ति, प्रभाव वा भयको होइन, सत्यको पक्षमा फैसला गर्छ। त्यसैले पत्रकारिताको कलम न त डरले रोकिन्छ, न दबाबले झुक्छ। यो सधैं सत्य, न्याय र जनताको पक्षमा उभिन्छ र उभिइरहनेछ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





