

बाढी–पहिरोले पाँच प्रमुख राजमार्ग प्रभावित, जोखिमयुक्त सडकमा यात्रा नगर्न प्रहरीको आग्रह
काठमाडौं । निरन्तर भइरहेको मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न क्षेत्रमा सडक सञ्जाल प्रभावित भएको छ। पाँच प्रमुख राजमार्ग तथा सडकखण्डमा अवरोध सिर्जना हुँदा कतिपय स्थानमा यातायात पूर्ण रूपमा रोकिएको छ भने केही सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण प्रभावित भए पनि हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। सडकमा थप जोखिम हुन सक्ने भन्दै निगरानी बढाइएको प्रहरीले जनाएको छ।
यस्तै, इलाम नगरपालिका–९ राजदुपालीस्थित मेची राजमार्ग पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहे पनि निरन्तर वर्षाका कारण उद्धार तथा मर्मत कार्यमा कठिनाइ भइरहेको छ।
सिन्धुलीस्थित बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटेन्जेबसी सडकखण्ड सम्भावित बाढीको उच्च जोखिमका कारण बन्द गरिएको छ। जोखिम बढेपछि असार २२ गतेदेखि नै उक्त सडकखण्डमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, मकवानपुरको भीमफेदी गाउँपालिका–५ भर्याडाँडास्थित कान्तिलोकपथ पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउन सम्बन्धित निकाय परिचालन भए पनि प्रतिकूल मौसमका कारण काम प्रभावित भइरहेको छ।
कास्कीको मादी गाउँपालिका–२ ज्याम्दो क्षेत्रको पोखरा–ताङतिङ सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ। स्थानीय प्रशासन र सम्बन्धित निकायले पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन्।
प्रहरीले मनसुनी वर्षा अझै जारी रहेकाले बाढी, पहिरो र सडक अवरोधको जोखिम कायमै रहेको जनाएको छ। अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा गर्दा सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
मनसुन सक्रिय भएसँगै देशका पहाडी तथा नदी आसपासका क्षेत्रमा जोखिम बढेकाले यात्रु तथा चालकलाई मौसम र सडक अवस्थाप्रति सचेत रहन आग्रह गरिएको छ।
समाज
थप सामाग्री-
सदनमा जुहारी खेल्नमै व्यस्त सांसदहरु, देश र जनताका मुद्दा ओझेलमा
-
राज्य संयन्त्रमाथि प्रश्न : प्रधानमन्त्रीको नाममा प्रहरी चलाउने अधिकार कसलाई ?
-
बाढी–पहिरोले पाँच प्रमुख राजमार्ग प्रभावित, जोखिमयुक्त सडकमा यात्रा नगर्न प्रहरीको आग्रह
-
गणेश नेपालीको मृत्यु केवल एउटा परिवारको शोक होइन, हाम्रो राज्य र समाजको असफलताको ऐना हो
-
आखिर हाम्रो समाज कहाँ जाँदैछ ? बाँच्ने आशा हराउँदै गएको देशको पीडादायी चित्र
महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा, सहमति नहुँदा परिवारले बुझेनन्
१ दिन अगाडि
1.5kViews 226 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१…





