

महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा, सहमति नहुँदा परिवारले बुझेनन्
काठमाडौं । काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ।
नेपालीको शुक्रबार उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएपछि राति करिब १० बजे शव शिक्षण अस्पताल सारिएको हो। वीर अस्पतालमा शव सुरक्षित राख्न आवश्यक मर्चरी चेम्बर (कोल्ड स्टोरेज) नभएकाले शिक्षण अस्पताल पठाइएको वीर अस्पतालका सूचना अधिकारी प्रकाश बुढाथोकीले जानकारी दिए।
गणेश नेपालीको परिवारले भने सरकारसँग विभिन्न माग राख्दै हालसम्म शव बुझ्न अस्वीकार गरेको छ। सरकार र मृतकका आफन्तबीच माग सम्बोधनका विषयमा सहमति हुन नसकेपछि शव बुझ्ने प्रक्रिया रोकिएको हो।
शुक्रबार दुवै पक्षबीच अनौपचारिक छलफल भए पनि ठोस निष्कर्ष निस्कन सकेन। शनिबार पुनः वार्ता गरी सहमतिको प्रयास गर्ने तयारी रहेको बताइएको छ।
नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि काठमाडौं महानगर प्रहरीसँग भएको विवादपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो।
तर, चिकित्सकको अथक प्रयासका बाबजुद शुक्रबार उनको निधन भयो। घटनापछि महानगर प्रहरीको भूमिका, विवादको कारण र घटनाको वास्तविक अवस्थाबारे विभिन्न प्रश्न उठिरहेका छन्। परिवारले न्याय र उचित छानबिनको माग गर्दै आएको छ।
समाज
थप सामाग्री-
आखिर हाम्रो समाज कहाँ जाँदैछ ? बाँच्ने आशा हराउँदै गएको देशको पीडादायी चित्र
-
महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा, सहमति नहुँदा परिवारले बुझेनन्
-
बागमतीको बाढीले कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा, ५४ जनाको उद्धार
-
‘घुमुवा प्रहरी’को आरोपले रौतहटका व्यापारी त्रसित, निष्पक्ष छानबिनको माग
-
आज असार २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
गणेश नेपाली प्रकरणपछि महानगर प्रहरीको भूमिकामाथि बहस, बालेनकालीन संरचनादेखि अधिकार विस्तारसम्म प्रश्न
२१ घण्टा अगाडि
1.4kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको घटनालाई लिएर प्रतिनिधिसभामा…





