

दुबईमा ‘Bread for All’ अभियान विस्तार, आर्थिक रूपमा कमजोरलाई २४ घण्टा निःशुल्क रोटी
दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आर्थिक रूपमा कमजोर तथा खाद्य असुरक्षामा रहेका व्यक्तिलाई लक्षित गर्दै ‘Bread for All’ सामाजिक कार्यक्रम विस्तार गरिएको छ। कार्यक्रमअन्तर्गत सहरका विभिन्न स्थानमा जडान गरिएका स्मार्ट मेसिनमार्फत २४ घण्टा ताजा रोटी निःशुल्क उपलब्ध गराइँदै आएको छ।
यो अभियान मोहम्मद बिन रासिद अल मकतूम ग्लोबल इनिसिएटिभ्स (MBRGI) र मोहम्मद बिन रासिद ग्लोबल सेन्टर फर एन्डोमेन्ट कन्सल्टेन्सी को सहकार्यमा सञ्चालन भइरहेको हो। आधुनिक प्रविधि र दान संस्कृतिलाई जोड्दै खाद्य सुरक्षा सुदृढ बनाउने यसको मुख्य उद्देश्य रहेको जनाइएको छ।
हाल दुबईका केही मस्जिद तथा सार्वजनिक स्थानमा सीमित संख्यामा स्मार्ट मेसिन जडान गरिएको छ। ती मेसिनबाट आवश्यकतामा रहेका व्यक्तिले ताजा रोटी प्राप्त गर्न सक्नेछन् भने दाताहरूले डिजिटल माध्यमबाट आर्थिक सहयोग गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
कार्यक्रमअन्तर्गत लाभार्थीहरूले इमिरेट्स आईडी वा अन्य स्वीकृत परिचयपत्रको आधारमा रोटी प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ। यसले सहायता वास्तविक आवश्यकतामा रहेका व्यक्तिसम्म पुग्ने र दुरुपयोग रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सामाजिक सञ्जालमा यो कार्यक्रमलाई ‘दुबईभर सबैका लागि २४/७ निःशुल्क रोटी’ भनेर प्रचार गरिए पनि आधिकारिक रूपमा यो सेवा मुख्यतः आर्थिक रूपमा कमजोर तथा खाद्य असुरक्षामा रहेका परिवारलाई लक्षित गरिएको छ। दुबई सरकारले यसलाई ‘कसैले भोकै सुत्न नपरोस्’ भन्ने दीर्घकालीन सामाजिक सुरक्षा अभियानको हिस्सा भएको जनाएको छ।
समाज
थप सामाग्री-
बाल मन्दिर जग्गा प्रकरणमा सीआईबीको ठूलो कदम : रकम हिनामिना आरोपमा तीन जना पक्राउ
-
सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिपछि डीएसपी चौधरी जिल्ला तानिए, भिडियोबारे सोधपुछ हुने
-
उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी सुरेश काफ्लेको २४ सै घण्टा सडक निगरानी, व्यवस्थित यातायातका लागि निरन्तर सक्रियता
-
भाषा दक्षताले शान्ति अभियानलाई थप प्रभावकारी बनाउँछ : प्रहरी महानिरीक्षक दानबहादुर कार्की
-
देशभर मनसुन सक्रिय : आज पनि चट्याङसहित वर्षा, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी
आज असार २५ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१७ घण्टा अगाडि
2.0kViews 156 Shares Share on Facebook Share on Twitter मेष- जीवनसाथी वा प्रेमी–प्रेमिकाबाट अपेक्षित साथ र सहयोग प्राप्त हुने सम्भावना छ…





