

सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिपछि डीएसपी चौधरी जिल्ला तानिए, भिडियोबारे सोधपुछ हुने
धनगढी । सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेपछि इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली बोलाइएको छ।
घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधविरुद्धको सचेतनामूलक कार्यक्रममा डीएसपी चौधरीले दिएको अभिव्यक्तिबारे जानकारी लिन तथा आवश्यक सोधपुछ गर्न उनलाई जिल्ला बोलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दका अनुसार डीएसपी चौधरीलाई यसअघि नै अन्य विषयमा काउन्सिलिङ तथा छलफलका लागि जिल्ला बोलाइएको थियो। सोही क्रममा सार्वजनिक भएको भिडियोमा व्यक्त भनाइबारे समेत बुझ्ने काम गरिने उनले बताए।
‘उहाँलाई अन्य विषयमा काउन्सिलिङ र कुराकानीका लागि बोलाइएको थियो। यहीबीच उहाँले कार्यक्रममा दिएको भिडियो सार्वजनिक भयो। त्यस विषयमा पनि आवश्यक जानकारी लिनेछौँ,’ एसपी चन्दले भने।
लागुऔषधविरुद्धको कार्यक्रममा बोल्दै डीएसपी चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति वा राजनीतिक नेतृत्वको नभई कानुनअनुसार सञ्चालन हुने संस्था भएको बताएका थिए।
उनले भनेका थिए, ‘हामी बालेनको पुलिस पनि होइनौँ, नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने नेपाली पुलिस हौँ। कानुनविपरीत काम गर्ने जोसुकै भए पनि प्रहरी आफ्नो जिम्मेवारीबाट पछि हट्दैन।’
उनले प्रहरी संगठन राजनीतिक प्रभावभन्दा माथि रहेर कानुनी प्रक्रिया र व्यावसायिक मर्यादाअनुसार सञ्चालन हुने धारणा राखेका थिए। आफू पनि प्रतिस्पर्धात्मक प्रक्रियाबाट प्रहरी सेवामा प्रवेश गरेको उल्लेख गर्दै उनले प्रहरीको मूल दायित्व नागरिकलाई न्याय र सुरक्षा प्रदान गर्नु रहेको बताएका थिए।
कार्यक्रममा उनले आफ्नो भनाइ मन परे ताली बजाउन आग्रह गरेपछि सहभागी विद्यार्थीहरूले ताली बजाएको भिडियोमा देखिन्छ। उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्।
भिडियो सार्वजनिक नगर्न अनुरोध गरेको आवाजसमेत भिडियोमा सुनिए पनि पछि उक्त सामग्री सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। अब डीएसपी चौधरीको अभिव्यक्तिको सन्दर्भ, आशय र त्यसले संगठनको मर्यादामा पारेको प्रभावबारे जिल्ला प्रहरी कार्यालयले बुझ्ने भएको छ।
समाज
थप सामाग्री-
बाल मन्दिर जग्गा प्रकरणमा सीआईबीको ठूलो कदम : रकम हिनामिना आरोपमा तीन जना पक्राउ
-
सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिपछि डीएसपी चौधरी जिल्ला तानिए, भिडियोबारे सोधपुछ हुने
-
उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी सुरेश काफ्लेको २४ सै घण्टा सडक निगरानी, व्यवस्थित यातायातका लागि निरन्तर सक्रियता
-
भाषा दक्षताले शान्ति अभियानलाई थप प्रभावकारी बनाउँछ : प्रहरी महानिरीक्षक दानबहादुर कार्की
-
देशभर मनसुन सक्रिय : आज पनि चट्याङसहित वर्षा, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी
आज असार २५ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१४ घण्टा अगाडि
2.0kViews 156 Shares Share on Facebook Share on Twitter मेष- जीवनसाथी वा प्रेमी–प्रेमिकाबाट अपेक्षित साथ र सहयोग प्राप्त हुने सम्भावना छ…





