

१२ वर्षदेखि अड्किएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइनको बाटो खुल्यो
काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको पहलमा १२ वर्षदेखि मन्त्रिपरिषद्मा अड्किएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणसम्बन्धी प्रस्ताव अन्ततः पारित भएको छ।
मन्त्रिपरिषद्को निर्णयसँगै वनको जग्गा प्रयोग तथा रुख कटानसम्बन्धी अवरोध हटेपछि आयोजना निर्माण अघि बढ्ने बाटो खुलेको छ। अब बाँकी रहेका १६ वटा टावर निर्माण सम्पन्न गरी प्रसारण लाइन सञ्चालन गर्ने तयारी गरिएको छ।
यो प्रसारण लाइन सञ्चालनमा आएपछि देशको विद्युत् प्रसारण प्रणाली थप मजबुत हुने, उद्योगहरूलाई पर्याप्त विद्युत् आपूर्ति गर्न सहज हुने र विद्युत् आपूर्तिमा देखिँदै आएको समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ।
ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण मानिएको उक्त आयोजना नेपालको ‘विद्युत् हाइवे’ का रूपमा लिइँदै आएको छ।
समाज
थप सामाग्री-
बाल मन्दिर जग्गा प्रकरणमा सीआईबीको ठूलो कदम : रकम हिनामिना आरोपमा तीन जना पक्राउ
-
सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिपछि डीएसपी चौधरी जिल्ला तानिए, भिडियोबारे सोधपुछ हुने
-
उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी सुरेश काफ्लेको २४ सै घण्टा सडक निगरानी, व्यवस्थित यातायातका लागि निरन्तर सक्रियता
-
भाषा दक्षताले शान्ति अभियानलाई थप प्रभावकारी बनाउँछ : प्रहरी महानिरीक्षक दानबहादुर कार्की
-
देशभर मनसुन सक्रिय : आज पनि चट्याङसहित वर्षा, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी
आज असार २५ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१२ घण्टा अगाडि
2.0kViews 156 Shares Share on Facebook Share on Twitter मेष- जीवनसाथी वा प्रेमी–प्रेमिकाबाट अपेक्षित साथ र सहयोग प्राप्त हुने सम्भावना छ…





