प्रधानमन्त्रीको जवाफ संसद्मा आउनुपर्ने भन्दै राप्रपा सचेतक ओलीको आलोचना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्ने विषय पार्टीको महाधिवेशनबाट सम्बोधन गरेको भन्दै सरकारको आलोचना गरेकी छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति व्यक्तिगत नभई सरकारको आधिकारिक धारणा हुने भएकाले संसद्प्रति उत्तरदायी भएर सदनमै जवाफ दिनुपर्ने बताइन्।

‘दुर्भाग्यवश, प्रधानमन्त्रीज्यूले संसद्लाई होइन, आफ्नै दलको चितवन महाधिवेशनलाई रोज्नुभयो। के अब सरकारको आधिकारिक जवाफ पार्टीको महाधिवेशनबाट आउने हो? के सार्वभौम संसद् पार्टीको मञ्चभन्दा सानो संस्था भएको हो?’ उनले प्रश्न गरिन्।

ओलीले संसद्को सट्टा पार्टी मञ्चबाट जवाफ दिने अभ्यास स्थापित भए संसदीय लोकतन्त्रको औचित्यमाथि नै प्रश्न उठ्ने धारणा राखिन्।

उनले राष्ट्रिय स्वाभिमान र सीमासम्बन्धी विषयमा सत्तापक्ष तथा अन्य दलका सांसदहरू मौन बसेको आरोप लगाउँदै इतिहासले यस्तो मौनतालाई समेत अभिलेखमा राख्ने बताइन्।

‘आज तपाईंहरूको मौनता पनि इतिहासको अभिलेखमा दर्ता हुँदैछ। भोलि इतिहासले हामीलाई मात्र होइन, राष्ट्रको प्रश्नमा मौन बसेका तपाईंहरूलाई पनि कठघरामा उभ्याउनेछ,’ उनले भनिन्।

खुस्बु ओलीले नेतृत्वले आफ्ना कमजोरी सच्याउनु उत्तरदायित्वको उदाहरण हुने उल्लेख गर्दै संसद्, संविधान र राष्ट्रिय स्वाभिमानभन्दा माथि कुनै दल, सरकार वा व्यक्ति हुन नसक्ने धारणा व्यक्त गरिन्।

Facebook Comments Box
आज असार २५ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१२ घण्टा अगाडि

2.0kViews 156 Shares Share on Facebook Share on Twitter मेष- जीवनसाथी वा प्रेमी–प्रेमिकाबाट अपेक्षित साथ र सहयोग प्राप्त हुने सम्भावना छ…

TOP
234 Shares