

बाल मन्दिर जग्गा भाडा प्रकरणमा सीआईबीद्वारा तीन जना पक्राउ

काठमाडौं । बाल मन्दिरको जग्गा भाडासम्बन्धी विवादमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तीन जनालाई पक्राउ गरेको छ।
सीआईबीले बुधबार राति ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ र ५४ वर्षीया आशा श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकाहरूलाई बुधबार राति दरबारमार्ग प्रहरी वृत्तमा राखिएको थियो। उनीहरूलाई थप अनुसन्धानका लागि म्याद थप गर्न बिहीबार अदालतमा उपस्थित गराउने तयारी भइरहेको स्रोतले जनाएको छ।
बाल मन्दिरको बहुमूल्य सरकारी जग्गा लामो समयदेखि न्यून भाडादर, अनियमितता र दुरुपयोगको आरोपका कारण विवादमा रहँदै आएको थियो।
उच्च अदालतका पूर्वमुख्यन्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले २०७७ सालमै यस विषयमा प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा सीआईबीले पक्राउ परेकाहरूविरुद्ध ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने तयारी गरेको जनाएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





