आजको राशिफल : मंसिर २ गते बुधबार, कुन राशिलाई कस्तो छ आजको दिन ?

मेष

आज सिर्जनशीलता र प्रेम पक्ष बलियो रहनेछ। मनपर्ने काममा समय बिताउन मन लाग्नेछ। विद्यार्थीहरूका लागि अध्ययनमा सफलता प्राप्त गर्ने राम्रो समय छ। आनन्द र उत्साहले दिन रमाइलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

वृष

घरपरिवारका विषयलाई प्राथमिकता दिनुहोस्। पुराना रमाइला क्षणको सम्झनाले मन प्रसन्न रहनेछ। धैर्य र समझदारी अपनाउनु आवश्यक छ। मानसिक शान्ति र आत्मसन्तुष्टि खोज्ने दिन रहेको छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

मिथुन

आज आत्मविश्वास बढ्नेछ। बोलीचाली र लेखनमा प्रभाव देखिनेछ। नयाँ योजना सुरु गर्न अनुकूल समय छ। सकारात्मक सोच र निरन्तर प्रयासले सफलता दिलाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

आर्थिक कारोबारमा सोचविचार गरेर अघि बढ्नुहोला। परिश्रमको फल केही ढिलो प्राप्त भए पनि दीर्घकालीन लाभ मिल्नेछ। आत्मसम्मान बढ्ने संकेत छ। व्यावहारिक निर्णयले फाइदा पुर्‍याउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

सिंह

आकस्मिक लाभको सम्भावनाले आत्मबल बढ्नेछ। नयाँ सोच र परिवर्तनप्रति आकर्षण बढ्नेछ। व्यक्तित्व निखार्ने तथा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन छ। आफ्ना निर्णयमा विश्वास राख्नुहोला। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक १ रहेको छ।

कन्या

आज एकान्तमा समय बिताउन मन लाग्न सक्छ। आफ्ना भावना र विचारलाई बुझ्ने अवसर मिल्नेछ। लामो समयदेखि अधुरा रहेका काम पूरा गर्न अनुकूल दिन छ। ध्यान तथा साधनाले मानसिक शान्ति प्रदान गर्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ७ रहेको छ।

तुला

गरिएका कामको उचित प्रतिफल प्राप्त हुनेछ। अनावश्यक विषयमा प्रतिक्रिया दिनुभन्दा आवश्यक कुरामा मात्र ध्यान दिनुहोला। आफन्तको प्रतिभा र सफलताले मन प्रसन्न बनाउनेछ। पठनपाठनमा रुचि बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

वृश्चिक

तपाईंले गरेका राम्रा कामको चर्चा हुनेछ। रोजगारीका नयाँ अवसर प्राप्त हुन सक्छन्। सन्तान तथा शुभचिन्तकबाट सहयोग र साथ मिल्नेछ। स्वास्थ्य सामान्य रहनेछ भने मनमा स्थिरता कायम हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।

धनु

आज आत्मबल र आत्मविश्वासमा वृद्धि हुनेछ। मनमा कुनै दुविधा उत्पन्न भए अनुभवी तथा जानकार व्यक्तिको सल्लाह लिनुहोला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने हुन सक्छ। यात्राका लागि समय अनुकूल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मकर

कार्यक्षेत्रमा बोलीको प्रभावले महत्वपूर्ण काम सफल हुनेछन्। पशुपालन तथा कृषि क्षेत्रबाट लाभ मिल्ने सम्भावना छ। शारीरिक ऊर्जा र स्वास्थ्यलाई सन्तुलित राख्न योग तथा व्यायाममा ध्यान दिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

आज मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। आफ्नो शैक्षिक योग्यता तथा अनुभवमार्फत समाजलाई सकारात्मक दिशा दिनुपर्ने अवसर आउन सक्छ। हतारमा कुनै निर्णय नगर्नुहोला। समय र परिस्थितिको गम्भीरता बुझेर अघि बढ्नु लाभदायी हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मीन

प्राविधिक समस्याका कारण कार्यक्षेत्रमा केही बाधा आउन सक्छ। परिस्थितिका कारण अपेक्षित काममा ढिलाइ हुन सक्छ। सैद्धान्तिक तथा वैचारिक पक्ष भने बलियो रहनेछ। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

Facebook Comments Box
दानबहादुर कार्कीको रिटमा भोलि सर्वोच्चमा सुनुवाइ, अन्तरिम आदेश आउने सम्भावना
१६ घण्टा अगाडि

2.0kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध…

TOP
15 Shares