
समाचार कक्षमा प्रहरी प्रवेशदेखि पत्रकारको जबर्जस्ती निष्कासनसम्मका घटनाप्रति आपत्ति, माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारका लागि महासंघ आन्दोलनमा, मंसिर ९ गते देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकार सुनिश्चितताको माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
महासंघले २०८३ मंसिर १ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि हालसम्म कारबाही नभएको भन्दै गम्भीर आपत्ति जनाएको हो।
महासंघले गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकारको उल्लंघन भइरहेको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयलाई समेत आन्दोलनको प्रमुख मुद्दा बनाएको छ।
वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा अनुदार व्यवहार देखाएको महासंघको आरोप छ। पत्रकारको पेसागत सुरक्षा, सञ्चारमाध्यमको स्वतन्त्रता र श्रम अधिकारमाथि भइरहेको हस्तक्षेप रोक्न सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलन घोषणा गरिएको महासंघले जनाएको छ।
महासंघले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ। त्यस्तै, मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने कार्यक्रम तय गरिएको छ।
मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सँग छलफल गर्ने तथा मंसिर ७ गते देशभरका जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने महासंघले जनाएको छ।
यसैगरी, मंसिर ९ गते सबै जिल्ला शाखाको आयोजनामा देशभरका जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित भेला भएर विरोध प्रदर्शन गरिनेछ।
महासंघले घोषित माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत दिएको छ।
महासंघको विज्ञप्तिमार्फत प्रेस स्वतन्त्रता, पत्रकारको पेसागत सुरक्षा तथा श्रम अधिकारको संरक्षणका लागि घोषित आन्दोलनमा सम्पूर्ण सञ्चारकर्मीलाई साथ दिन आग्रह गरिएको महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदीले जानकारी दिए।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
प्रहरी संगठन विधिको शासनले चल्ने कि प्रधानमन्त्रीको सनकले ? दानबहादुर कार्की हटाउने निर्णयमा सात गम्भीर कानुनी प्रश्न
-
१८ महिना कार्यकाल बाँकी छँदै हटाइएका दानबहादुर कार्कीको सरकारमाथि कानुनी प्रहार, निर्णय स्वेच्छाचारी भएको जिकिर
-
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारका लागि महासंघ आन्दोलनमा, मंसिर ९ गते देशव्यापी प्रदर्शन गर्ने
-
दानबहादुर कार्कीको रिटमा भोलि सर्वोच्चमा सुनुवाइ, अन्तरिम आदेश आउने सम्भावना
-
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ, आईजीपी पदमा पुनर्बहालीको माग
प्रहरीमा दुई धार : कार्कीको पक्षमा बढ्दो समर्थन, केसीको कमान्ड स्वीकार्नैसकस
१३ घण्टा अगाडि
2.9kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले नेपाल प्रहरीको नेतृत्वमा गरेको…





