
मुगुमा हाइलक्स गाडी ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु, दुई घाइते

काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका–७, टोप्लास्थित जिमाकाँरा भीरमा हाइलक्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
सुर्खेतबाट रारातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००४ च १८६४ नम्बरको हाइलक्स गाडी आइतबार दिउँसो ताल्चा–रारा कच्ची सडकखण्डअन्तर्गत जिमाकाँरा भीरबाट करिब ६०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौंको कलङ्की निवासी ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका छन्।
दुर्घटनामा ललितपुर महानगरपालिका–१५ निवासी ५८ वर्षीय चालक कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन्। उनीहरू दुवैको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
गाडीमा चालकसहित पाँच जना सवार थिए। दुर्घटनालगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पुर्याएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
नेपाल प्रहरीमा एकैपटक ६ एआईजी पद रिक्त हुँदै, बढुवाका लागि दौडधुप सुरु
-
मुगुमा हाइलक्स गाडी ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु, दुई घाइते
-
नियुक्तिपत्र नबुझेका दानबहादुरबारे राससकै समाचारमाथि प्रश्न, सरकारकै सूचनाले गरायो मिडिया ट्रायलको आशंका
-
आज कार्तिक ३० गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
दानबहादुर कार्कीले सुरक्षा सल्लाहकारको नियुक्तिपत्र बुझेको समाचारमै प्रश्न, राससको समाचार भ्रामक भएको कार्की निकट स्रोतको दाबी
जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने, ६०४ किलोमिटरको दूरी रेलबाट जोडिँदै
१ दिन अगाडि
1.8kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौँ । भारतको भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित…





