आज कार्तिक ३० गते सोमबार, यस्तो छ तपाईंको राशिफल

मेष: भावनामा आएर व्यापार व्यवसायसम्बन्धी कुनै पनि निर्णय नगर्नुहोला। कानुनी मामिलामा आफ्नो पक्ष बलियो रहनेछ। पुराना विषयलाई लिएर परिवारमा सामान्य मनमुटाव हुन सक्ने भएकाले संयमित व्यवहार गर्नुहोला। शुभ रंग गुलाबी र शुभ अंक ७ रहेको छ।

वृष: कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी सकेसम्म आफैँले पूरा गर्ने प्रयास गर्नुहोला। व्यापार व्यवसायमा अरूलाई सल्लाह दिनुभन्दा उनीहरूका कुरा सुन्नु उपयुक्त हुनेछ। आजको शुभ रंग रातो र शुभ अंक ८ रहेको छ।

मिथुन: आफ्नो बोली र व्यवहारबाट कार्य सफल बनाउन सकिनेछ। आफन्तसँग सामान्य विषयलाई लिएर मनमुटाव हुन सक्छ। नोकरी वा पेसामा थप जिम्मेवारी वहन गर्नुपर्ने सम्भावना छ। शुभ रंग सेतो र शुभ अंक ५ रहेको छ।

कर्कट: आज मानसम्मानमा वृद्धि हुनेछ। कठिन देखिएका कामसमेत सफल हुँदा मनमा उत्साह र आत्मविश्वास बढ्नेछ। विद्यार्थीहरूका लागि अध्ययनमा रुचि बढ्ने दिन रहेको छ। शुभ रंग खैरो र शुभ अंक ३ रहेको छ।

सिंह: धर्म तथा अध्यात्मप्रति रुचि बढ्नेछ। कृषि र पशुपालन व्यवसायबाट लाभ लिन सकिनेछ। स्वास्थ्यलाई ध्यानमा राख्दै खानपानमा विशेष सतर्कता अपनाउनुहोला। सवारीसाधन चलाउँदा आवश्यक कागजात जाँच गर्न नबिर्सनुहोला। शुभ रंग निलो र शुभ अंक ७ रहेको छ।

कन्या: व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने योग छ। घरपरिवारको साथ र सहयोग प्राप्त हुनेछ भने सञ्चित धनमा समेत वृद्धि हुन सक्छ। साहसिक तथा नयाँ कामको थालनी गर्न अनुकूल समय रहेको छ। शुभ रंग सुन्तला र शुभ अंक ७ रहेको छ।

तुला: आज बोली र व्यवहारमा विशेष सतर्कता अपनाउनुहोला। अनपेक्षित खर्च बढ्न सक्ने भएकाले आर्थिक कारोबारमा ध्यान दिनु आवश्यक छ। अरूलाई अनावश्यक सल्लाह दिनबाट जोगिनुहोला। यात्रा केही कष्टकर हुन सक्छ। शुभ रंग रातो र शुभ अंक १ रहेको छ।

वृश्चिक: व्यापार व्यवसायमा लाभ प्राप्त हुने सम्भावना छ। सेयर बजारबाट समेत राम्रो आम्दानी हुन सक्ने योग छ। मेला, उत्सव वा जमघटमा रमाइलोसँग समय बित्नेछ। अघि बढाइएका योजना सफल हुने संकेत देखिन्छ। शुभ रंग गुलाबी र शुभ अंक ७ रहेको छ।

धनु: व्यापार विस्तारका लागि नयाँ सोच र योजना बन्नेछन्। आर्थिक दृष्टिले दिन अनुकूल रहनेछ। नकारात्मक विचारबाट टाढा रहनुहोला। महत्त्वाकांक्षी योजनाहरू गोप्य राख्दा भविष्यमा फाइदा पुग्न सक्छ। शुभ रंग हरियो र शुभ अंक २ रहेको छ।

मकर: नोकरी तथा पेसामा प्रभाव र प्रतिष्ठा बढ्नेछ। उद्योग तथा व्यापार व्यवसायबाट लाभ मिल्नेछ। नयाँ काम सुरु गर्न आजको समय अनुकूल देखिन्छ। धार्मिक यात्राबाट समेत लाभ प्राप्त हुन सक्छ। शुभ रंग सुन्तला र शुभ अंक २ रहेको छ।

कुम्भ: साहस र पराक्रमका माध्यमबाट चुनौती तथा विरोधीमाथि सफलता प्राप्त गर्न सकिनेछ। प्रतिकूल परिस्थितिमा पनि इष्टमित्रको राम्रो साथ र सहयोग मिल्नेछ। व्यापार व्यवसायबाट आर्थिक लाभ हुने योग छ। शुभ रंग सिन्दुरी र शुभ अंक ५ रहेको छ।

मीन: कार्यक्षेत्रमा उत्साह र उमंग बढ्नेछ। व्यावसायिक जीवनमा सकारात्मक सुधार आउनेछ। नोकरी तथा पेसामा उच्च पदस्थ अधिकारीहरूको साथ र सहयोग प्राप्त हुन सक्छ। शुभ रंग हल्का निलो र शुभ अंक ४ रहेको छ।

Facebook Comments Box
इनमको मोबाइल कुमार बेनको हातमा कसरी पुग्यो ? प्रधानमन्त्रीको सचिवालयमाथि गम्भीर प्रश्न, अनुसन्धानमाथि नै आशंका !
१ दिन अगाडि

450Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौं ।महाबिचौलिया भनिएका इनम सापकोटा प्रकरणले अहिले राजनीतिक, प्रशासनिक र न्यायिक…

TOP
15 Shares