
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौं । लोकआस्था र सूर्य उपासनाको महापर्व छठको मुख्य दिन आज आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरिँदै छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्व शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको हो।
छठ पर्वको मुख्य दिन आज व्रतालुहरूले दिनभर निराहार व्रत बसेर साँझ जलाशय, नदी, पोखरी तथा तलाउमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन्। यस अवसरमा व्रतालुहरूले सूर्यदेव र छठी माताको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गर्ने परम्परा छ।
ऐतिहासिक तथा पौराणिक मान्यताअनुसार महाभारतमा द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेको उल्लेख छ। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बसेका थिए। लोककथनअनुसार सोही समयदेखि छठ पर्व मनाउने परम्परा सुरु भएको विश्वास गरिन्छ।
त्यस्तै, सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। व्रतको प्रभावस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको धार्मिक विश्वास छ। त्यसपछि छठ पर्व मनाउने परम्पराले निरन्तरता पाएको मान्यता रहँदै आएको छ।
छठ पर्वमा सूर्यलाई जीवन, ऊर्जा र सृष्टिको प्रमुख आधारका रूपमा पूजा गरिन्छ। सूर्यको प्रकाश र ऊर्जाविना पृथ्वीमा वनस्पति, प्राणी तथा जीवजन्तुको अस्तित्व सम्भव नहुने भएकाले सूर्यप्रति कृतज्ञता प्रकट गर्ने पर्वका रूपमा पनि छठलाई लिइन्छ।
धार्मिक ग्रन्थहरूमा सूर्यको आराधनाबाट विभिन्न रोगव्याधिबाट मुक्ति मिल्ने विश्वाससमेत उल्लेख गरिएको छ। पुराणमा भगवान् श्रीकृष्णका पुत्र साम्ब कुष्ठरोगबाट पीडित भएपछि सूर्यदेवको आराधना गरी रोगमुक्त भएको प्रसङ्ग पनि पाइन्छ।
छठ पर्वमा व्रत तथा पूजा आराधना गर्नाले दुःख, कष्ट र दरिद्रताबाट मुक्ति मिल्ने धार्मिक जनविश्वास छ। यस पर्वमा केराको घरी, नरिवल, उखु, सुन्तला, स्याउलगायत विभिन्न फलफूल तथा प्रसाद सूर्यदेवलाई अर्पण गरिन्छ। झुप्पा–झुप्पा फलफूल चढाउँदा सूर्यदेव प्रसन्न भई व्रतालुका परिवार तथा सन्तानको कल्याण हुने विश्वास गरिन्छ।
छठ पर्वमा व्रत बस्न नसक्नेहरूले पनि आफ्नो मनोकामना पूरा होस् भनी व्रतालुमार्फत पूजा तथा अर्घ्य अर्पण गराउने परम्परा रहेको छ। आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने, ६०४ किलोमिटरको दूरी रेलबाट जोडिँदै
-
इनमको मोबाइल कुमार बेनको हातमा कसरी पुग्यो ? प्रधानमन्त्रीको सचिवालयमाथि गम्भीर प्रश्न, अनुसन्धानमाथि नै आशंका !
-
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
-
आज कार्तिक २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
आज कार्तिक २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
मिथिलामा छठको उल्लास, आज श्रद्धा र भक्तिपूर्वक खरना विधि गरिँदै
१ दिन अगाडि
1.5kViews 30 Shares Share on Facebook Share on Twitter महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा लोकआस्थाको महापर्व छठको उल्लास छाएको…





