
आज कार्तिक २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौँ । आज २०८३ कात्तिक २८ गते शनिबार। ज्योतिषीय मान्यताअनुसार आजको दिन १२ वटै राशिका लागि विभिन्न अवसर, चुनौती र सम्भावना बोकेको छ। कुनै राशिका व्यक्तिलाई कार्यक्षेत्रमा नयाँ जिम्मेवारी र आर्थिक लाभको योग छ भने केहीलाई पारिवारिक तथा व्यावहारिक मामिलामा सतर्कता अपनाउनुपर्ने देखिन्छ।
मेष: कार्यक्षेत्रमा नयाँ जिम्मेवारी तथा काम प्राप्त हुने योग छ। सन्तान पक्षबाट उपहार प्राप्त हुन सक्छ। रमाइलो यात्राले मन प्रसन्न रहनेछ। घरपरिवारको साथ र सहयोगले नयाँ उत्साह थप्नेछ। आजको शुभ रंग हल्का निलो र शुभ अंक ४ रहेको छ।
वृष: भविष्यका लागि लगानी गर्ने अवसर जुट्नेछ। आम्दानी बढाउन कार्यक्षेत्रमा नयाँ कामतर्फ अग्रसर भइनेछ। रचनात्मक कार्यबाट प्रशंसा र जस प्राप्त गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग रातो र शुभ अंक ५ रहेको छ।
मिथुन: सामाजिक समस्या समाधान गर्ने जिम्मेवारी आउन सक्छ। नोकरी तथा व्यवसायमा प्रगति हुनेछ। जीवनसाथीको सहयोगबाट लाभ र खुसी प्राप्त हुनेछ। आजको शुभ रंग हरियो र शुभ अंक ८ रहेको छ।
कर्कट: सम्पत्तिसम्बन्धी विवाद आपसी सहमतिमा टुंगिन सक्छ। धार्मिक तथा सामाजिक गतिविधिमा रुचि बढ्नेछ। व्यापार व्यवसायमा आफन्तबाट अपेक्षित सहयोग नपाइन सक्छ। आजको शुभ रंग खैरो र शुभ अंक ७ रहेको छ।
सिंह: नयाँ कामको अवसर प्राप्त भए पनि अपेक्षाअनुसार लाभ नहुन सक्छ। रोकिएका काम पुनः दोहोर्याउनुपर्ने अवस्था आउन सक्छ। आफ्नो मेहनतको श्रेय अरूले लिन सक्ने भएकाले सचेत रहनुहोला। व्यापारिक निर्णय गर्दा अनुभवी तथा विशिष्ट व्यक्तिको सल्लाह लिनु राम्रो हुनेछ। आजको शुभ रंग सेतो र शुभ अंक ४ रहेको छ।
कन्या: व्यापार व्यवसायमा दीर्घकालीन योजना बन्नेछन्। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता बढ्न सक्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। आजको शुभ रंग खैरो र शुभ अंक २ रहेको छ।
तुला: साझेदारीमा नयाँ काम सुरु गर्ने अवसर मिल्नेछ। व्यावहारिक काममा प्रगति हुनेछ। नयाँ निर्णय लिनुअघि राम्ररी सोचविचार गर्नुहोला। सेयर बजारबाट लाभ प्राप्त हुने सम्भावना छ। आजको शुभ रंग हरियो र शुभ अंक ३ रहेको छ।
वृश्चिक: इष्टमित्रको साथमा अनुकूल स्थानको भ्रमण गर्ने योग छ। कार्यक्षेत्रमा विनम्रता र संयमता अपनाउनुहोला। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। पिताको साथ र सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग सेतो र शुभ अंक १ रहेको छ।
धनु: घरपरिवारको सहयोगबाट बिग्रिएका काम बन्नेछन्। यात्राबाट लाभ प्राप्त हुनेछ। धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ। शिक्षकहरूका लागि शैक्षिक क्षेत्रमा पदोन्नतिको सम्भावना छ। आजको शुभ रंग निलो र शुभ अंक २ रहेको छ।
मकर: कार्यक्षेत्रमा धैर्य र संयमताका साथ काम गर्नुहोला। कर्जा तथा आर्थिक लेनदेनका कारण तनाव बढ्न सक्छ। सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउनुहोला। खानपानमा समेत ध्यान दिनु आवश्यक छ। आजको शुभ रंग सेतो र शुभ अंक ३ रहेको छ।
कुम्भ: घरेलु मामिलामा तेस्रो पक्षको हस्तक्षेपले समस्या निम्त्याउन सक्छ। व्यापार व्यवसाय विस्तार तथा आर्थिक कारोबार बढाउने योजना बन्नेछन्। आम्दानीका नयाँ स्रोत फेला पर्न सक्छन्। आजको शुभ रंग सुन्तला र शुभ अंक ४ रहेको छ।
मीन: आर्थिक तथा वित्तीय मामिलालाई गम्भीरतापूर्वक समाधान गर्नुहोला। कार्यक्षेत्रमा उच्च अधिकारीको सहयोग प्राप्त हुनेछ। आलस्यका कारण लाभदायी अवसर गुम्न सक्ने भएकाले सक्रिय रहनुहोला। आजको शुभ रंग खैरो र शुभ अंक ७ रहेको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज कार्तिक २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
-
मिथिलामा छठको उल्लास, आज श्रद्धा र भक्तिपूर्वक खरना विधि गरिँदै
-
सशस्त्रमा एक एआईजीको पद रिक्त, बढुवाको प्रतिस्पर्धामा सुरेश, दीपेन्द्र र पुरुषोत्तम !
-
छठको भोलिपल्ट पनि सार्वजनिक बिदा,निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिट सुनुवाइ फेरि अन्योलमा
-
पर्साको धोबियाटोला–सबैठवा नाकाबाट प्रहरीकै संरक्षणमा ‘धुवाँधार’ तस्करी ! घुमुवामार्फत असुलीदेखि ‘लाइन’ व्यवस्थापनसम्मको आरोप
आज कार्तिक २७ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
2.1kViews 15 Shares Share on Facebook Share on Twitter मेष कार्यक्षेत्रमा पुरानो समस्या सुल्झिनाले विभिन्न अवसरहरु प्राप्त हुनेछन्। पुरानो कारोबारलाई…





