
छठ मनाउन सर्लाही हिँडेका परिवारका सात सदस्य चढेको गाडी भीमफेदीमा दुर्घटनाग्रस्त, १४ महिने छोरा घाइते
सिट नपुगेपछि परिवारलाई गाडी चढाएर डेरामै फर्किएका अवधेशले गुमाए गर्भवती श्रीमतीसहित ६ आफन्त

हेटौँडा । छठ पर्व मनाउन परिवारसहित सर्लाहीस्थित घर जाने तयारीमा रहेका फलफूल व्यापारी अवधेश यादवका लागि यस वर्षको छठ कहिल्यै नमेटिने पीडामा परिणत भएको छ। गाडीमा सिट नपुगेपछि आफू डेरामै फर्किएर परिवारका सात सदस्यलाई घर पठाएका यादवले भीमफेदीमा भएको दुर्घटनामा गर्भवती श्रीमतीसहित छ आफन्त गुमाएका छन्।
दुर्घटनामा उनकी ३५ वर्षीया गर्भवती श्रीमती पुनमदेवी, तीन छोरी र दुई भाइको मृत्यु भएको हो। मृत्यु हुने छोरीहरूमा १० वर्षीया अनुकुमारी, सात वर्षीया दीक्षा र पाँच वर्षीया दीपिका छन्। त्यस्तै, २६ वर्षीय भाइ विकेश र २४ वर्षीय भाइ सुबोधले पनि दुर्घटनामा ज्यान गुमाएका छन्।
दुर्घटनामा अवधेशका १४ महिने छोरा सुदीप घाइते भएका छन्। उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
परिवारका सदस्यलाई गाडी चढाएर आफू डेरामा फर्किएका अवधेशले दुर्घटनाको खबर पाएपछि आफूलाई सम्हाल्न सकेनन्। हेटौँडा अस्पताल परिसरमा भावविह्वल हुँदै उनले गाडीमा सिट नपुगेपछि आफू पछि आउने भन्दै परिवारलाई पठाएको बताए।
‘गाडीमा नअटाएपछि म भोलितिर आउँछु, तिमीहरू जाँदै गर भनेर पठाएको थिएँ,’ उनले भने, ‘यस्तो हुन्छ भन्ने थाहा थियो भने म पनि बरु त्यही गाडीमा जसरी पनि आउँथेँ।’
परिवारका सदस्य र गाउँघरकै अन्य व्यक्तिलाई गाडीमा बिदाइ गरेर कोठामा फर्किएका अवधेश सुतेका थिए। बिहीबार बिहान करिब ५ बजे दुर्घटनाको खबर आयो। त्यो खबर उनका लागि अकल्पनीय बज्रपात बन्यो।
उनका भाइ विकेश काठमाडौंमा सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका थिए भने अर्का भाइ सुबोध फलफूल व्यापारमा संलग्न थिए।
छठ पर्व मनाउन खुसीसाथ घर हिँडेको परिवार एकै दुर्घटनामा छिन्नभिन्न भएको छ। अवधेशले श्रीमती, तीन छोरी र दुई भाइ गुमाउँदा १४ महिने छोरा अस्पतालको शय्यामा छन्।
यस दुर्घटनामा अवधेशको परिवारका सदस्यसहित एउटै गाउँका अन्य आठजनाले समेत ज्यान गुमाएका छन् भने पाँचजना घाइते भएका छन्। पर्वको खुसी बोकेर घर फर्किंदै गरेका परिवारमा भएको यो वियोगले गाउँ नै शोकमा डुबेको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज कार्तिक २७ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
सिट नपुगेपछि परिवारलाई गाडी चढाएर डेरामै फर्किएका अवधेशले गुमाए गर्भवती श्रीमतीसहित ६ आफन्त
-
एआईजीका पाँच पद रिक्त हुँदै, बढुवाका लागि डीआईजीहरूबीच तीव्र प्रतिस्पर्धा !
-
आईजीपी हटाउने सरकारको हतारो, न्यायालयको ढोका ढकढक्याउँदै दानबहादुर : प्रहरी संगठनलाई राजनीतिक प्रयोगशाला बनाउने प्रयास किन?
-
भीमफेदी ईभी दुर्घटना : मृतक दुई जनाको पहिचान खुल्यो, १० जनाको मृत्यु
वीरगन्ज कारागारबाट कैदी फरार, खोजी तथा अनुसन्धान सुरु
२२ घण्टा अगाडि
1.6kViews 30 Shares Share on Facebook Share on Twitter वीरगन्ज । पर्साको वीरगन्ज कारागारबाट बिहीबार बिहान एक जना कैदी फरार…





