
मकवानपुरमा भीषण इभी दुर्घटना, १४ जना सवार गाडी ५०० मिटर तल खस्यो

मकवानपुर । मकवानपुरको भीमफेदीमा यात्रुवाहक विद्युतीय (इभी) गाडी दुर्घटना भएको छ। दुर्घटनामा चालकसहित १३ देखि १४ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डबाट गाडी करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको उक्त गाडी दुर्घटनामा परेको हो।
घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली उद्धारका लागि परिचालन भएको छ। अहिले घटनास्थलमा उद्धार कार्य जारी रहेको छ।
दुर्घटनामा मानवीय क्षति भए–नभएको तथा घाइतेको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी टोपबहादुर रायमाझी जेलमुक्त
-
मकवानपुरमा भीषण इभी दुर्घटना, १४ जना सवार गाडी ५०० मिटर तल खस्यो
-
संखुवासभामा चट्याङ लागेर दुई जना घाइते
-
नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो बिहीबारको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर १५० रुपैयाँ २१ पैसा
-
आज कार्तिक २६ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
रानीपोखरीमा भाइटीका लगाउनेको घुइँचो, बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनको भीड
२२ घण्टा अगाडि
2.3kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन बुधबार देशभर भाइटीका पर्व…





