
नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो बिहीबारको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर १५० रुपैयाँ २१ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा कायम भएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३० पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा तथा अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०३ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।
क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ २२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा रहेको छ भने स्विस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ६१ पैसा र बिक्रीदर १८१ रुपैयाँ ३४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ २ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५ पैसा र बिक्रीदर ४१ रुपैयाँ २१ पैसा तथा संयुक्त अरब इमिरेट्स (यूएई) दिराम एकको खरिददर ४० रुपैयाँ ७३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा रहेको छ ।
राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने भएकाले अद्यावधिक दरका लागि सम्बन्धित बैंकमा सम्पर्क गर्न सकिनेछ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
संखुवासभामा चट्याङ लागेर दुई जना घाइते
-
नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो बिहीबारको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर १५० रुपैयाँ २१ पैसा
-
आज कार्तिक २६ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
रानीपोखरीमा भाइटीका लगाउनेको घुइँचो, बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनको भीड
-
आज कार्तिक २५ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
पश्चिमी वायुको प्रभाव : हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना
१ दिन अगाडि
1.8kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आज देशका…





