
भीमफेदी ईभी दुर्घटना : मृतक दुई जनाको पहिचान खुल्यो, १० जनाको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीनजिक भएको यात्रुवाहक विद्युतीय (ईभी) गाडी दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ।
मृत्यु हुनेमा सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी चालक रविशंकर कुमार मण्डल र चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका सुवेक यादव रहेका छन्। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले उनीहरूको पहिचान खुलेको जानकारी दिएका हुन्। दुर्घटनामा ज्यान गुमाउने अन्यको पहिचान खुल्न बाँकी छ।
राजधानीको टिकाथलीबाट छठ पर्व मनाउन ईभी रिजर्भ गरी सर्लाहीस्थित घर फर्कँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको गाडी बिहीबार बिहान दुर्घटनामा परेको थियो। बिहान करिब ५ः४५ बजे भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीनजिक उक्त गाडी सडकबाट करिब ७०० मिटर तल खसेको थियो।
दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। मृत्यु हुनेमा तीन महिला, पाँच पुरुष र दुई बालिका रहेका छन्।
घाइते हुनेमा मुकेश यादव, देवेन्द्र यादव, सञ्जय यादव, सुजन यादव र सक्षम यादव रहेका छन्। एक जना घाइतेको नाम खुल्न बाँकी छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो बिहीबारको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर १५० रुपैयाँ २१ पैसा
६ घण्टा अगाडि
1.3kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक…





