
छठको भोलिपल्ट पनि सार्वजनिक बिदा,निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिट सुनुवाइ फेरि अन्योलमा

काठमाडौं । सरकारले छठ पर्वको भोलिपल्ट सोमबार (कार्तिक ३०) गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि सर्वोच्च अदालतमा यसअघि नै पेसी तोकिएका मुद्दाको सुनुवाइ प्रभावित हुने भएको छ। यससँगै नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइसमेत अन्योलमा परेको छ।
कार्कीको रिटमा आगामी सोमबारका लागि पेसी तोकिएको थियो। तर सरकारले छठ पर्वको अवसरमा आइतबार (कार्तिक २९) र त्यसको भोलिपल्ट सोमबारसमेत सार्वजनिक बिदा दिने निर्णय गरेपछि उनको रिटको सुनुवाइ प्रभावित हुने भएको हो।
सरकारले पदावधि बाँकी रहँदै कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो। उक्त निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्दै न्यायको माग गरेका छन्। उनले नयाँ जिम्मेवारीसमेत स्वीकार गरेका छैनन्।
यसअघि तिहारको सार्वजनिक बिदाका कारण उनको रिटको सुनुवाइ प्रभावित भएको थियो। ढिलाइपछि पुनः कार्तिक ३० गतेका लागि पेसी तोकिए पनि सरकारले थप सार्वजनिक बिदा घोषणा गरेपछि सुनुवाइ फेरि प्रभावित हुने अवस्था सिर्जना भएको हो।
नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेका दिन सर्वोच्च अदालत बन्द रहने र नियमित इजलास सञ्चालन नहुने व्यवस्था छ। त्यसैले सार्वजनिक बिदाका दिन तोकिएका मुद्दाको नियमित सुनुवाइ हुन सक्दैन।
यससँगै दानबहादुर कार्कीको रिटमाथिको सुनुवाइका लागि पनि सर्वोच्च अदालतले नयाँ पेसी मिति तोक्नुपर्ने देखिएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
सशस्त्रमा एक एआईजीको पद रिक्त, बढुवाको प्रतिस्पर्धामा सुरेश, दीपेन्द्र र पुरुषोत्तम !
-
छठको भोलिपल्ट पनि सार्वजनिक बिदा,निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिट सुनुवाइ फेरि अन्योलमा
-
पर्साको धोबियाटोला–सबैठवा नाकाबाट प्रहरीकै संरक्षणमा ‘धुवाँधार’ तस्करी ! घुमुवामार्फत असुलीदेखि ‘लाइन’ व्यवस्थापनसम्मको आरोप
-
आज कार्तिक २७ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
सिट नपुगेपछि परिवारलाई गाडी चढाएर डेरामै फर्किएका अवधेशले गुमाए गर्भवती श्रीमतीसहित ६ आफन्त
एआईजीका पाँच पद रिक्त हुँदै, बढुवाका लागि डीआईजीहरूबीच तीव्र प्रतिस्पर्धा !
१३ घण्टा अगाडि
1.8kViews 45 Shares Share on Facebook Share on Twitter काठमाडौं ।नेपाल प्रहरीको उच्च नेतृत्व तहमा आगामी पुसदेखि ठूलो फेरबदल हुने…





