आज मंसिर १ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

मेष
आज सिर्जनशीलता र प्रेम सम्बन्ध बलियो रहनेछ। मनपर्ने काममा समय बिताउने अवसर मिल्नेछ। विद्यार्थीहरूका लागि दिन अनुकूल रहनेछ। आनन्द, उत्साह र सकारात्मक सोचले दिन रमाइलो बनाउनेछ। आजको शुभ रंग गुलाबी र शुभ अंक ६ रहेको छ।

वृष
आज घरपरिवारका विषयलाई प्राथमिकता दिनुहोला। विगतका सुखद क्षण सम्झँदा मन प्रसन्न रहनेछ। महत्त्वपूर्ण निर्णय गर्दा धैर्य र समझदारी अपनाउनु आवश्यक छ। मानसिक शान्ति र पारिवारिक सुख प्राप्त गर्ने प्रयास सफल हुनेछ। आजको शुभ रंग केशरी र शुभ अंक ८ रहेको छ।

मिथुन
आज आत्मविश्वास र कार्यक्षमतामा वृद्धि हुनेछ। बोली तथा लेखनकलाबाट अरूलाई प्रभावित पार्न सक्नुहुनेछ। नयाँ योजना तथा कामको थालनी गर्न अनुकूल समय छ। सकारात्मक सोच र मेहनतले सफलता दिलाउनेछ। आजको शुभ रंग बैजनी र शुभ अंक ३ रहेको छ।

कर्कट
आज आर्थिक कारोबारमा विशेष सावधानी अपनाउनुहोला। मेहनतअनुसारको प्रतिफल प्राप्त गर्न केही समय लागे पनि त्यसले दीर्घकालीन लाभ दिनेछ। आत्मसम्मान बढ्ने योग छ। सोचविचार गरेर लिइएका व्यावहारिक निर्णय लाभदायी बन्नेछन्। आजको शुभ रंग खैरो र शुभ अंक ४ रहेको छ।

सिंह
आज आकस्मिक लाभ हुने सम्भावना छ। यसले आत्मबल र उत्साह बढाउनेछ। नयाँ सोच तथा सकारात्मक परिवर्तनप्रति आकर्षण बढ्नेछ। आफ्नो व्यक्तित्व र क्षमता निखार्ने अवसर मिल्नेछ। निर्णय क्षमतामा विश्वास राख्नुहोला। आजको शुभ रंग आकाशे निलो र शुभ अंक १ रहेको छ।

कन्या
आज एकान्तमा बसेर आफ्ना योजना र भावनाबारे सोच्न मन लाग्नेछ। अधुरा काम पूरा गर्न अनुकूल समय छ। आत्ममूल्याङ्कन र आत्मचिन्तनले नयाँ मार्ग पहिल्याउन सहयोग गर्नेछ। ध्यान तथा साधनाले मानसिक शान्ति प्रदान गर्नेछ। आजको शुभ रंग हल्का हरियो र शुभ अंक ७ रहेको छ।

तुला
आज आफूले गरेको कामको उचित प्रतिफल प्राप्त हुनेछ। आवश्यक विषयमा मात्र प्रतिक्रिया दिनु बुद्धिमानी हुनेछ। आफन्त तथा नजिकका व्यक्तिको प्रतिभा र सफलताले मन प्रसन्न बनाउनेछ। पठनपाठन तथा बौद्धिक गतिविधिमा रुचि बढ्नेछ। आजको शुभ रंग रातो र शुभ अंक ५ रहेको छ।

वृश्चिक
आज तपाईंले गरेका राम्रा कामको चर्चा हुनेछ। रोजगारी तथा पेसागत क्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। सन्तान र शुभचिन्तकबाट सहयोग मिल्नेछ। स्वास्थ्य सामान्य रहनेछ भने मनमा स्थिरता र आत्मविश्वास बढ्नेछ। आजको शुभ रंग गुलाबी र शुभ अंक ८ रहेको छ।

धनु
आज आत्मबल र उत्साहमा वृद्धि हुनेछ। कुनै विषयमा दुविधा उत्पन्न भए अनुभवी तथा जानकार व्यक्तिको सल्लाह लिनुहोला। आफ्नो अधिकार प्राप्तिका लागि केही संघर्ष गर्नुपर्ने हुन सक्छ। यात्रा तथा नयाँ योजनाका लागि समय अनुकूल रहनेछ। आजको शुभ रंग हरियो र शुभ अंक ३ रहेको छ।

मकर
आज कार्यक्षेत्रमा बोली र व्यवहारको प्रभाव देखिनेछ। आफ्नो अभिव्यक्ति क्षमताका कारण रोकिएका काम पूरा हुन सक्छन्। पशुपालन तथा कृषि क्षेत्रबाट लाभ प्राप्त हुने सम्भावना छ। शारीरिक ऊर्जा र स्वास्थ्य राम्रो राख्न योग तथा व्यायाममा ध्यान दिनुहोला। आजको शुभ रंग सेतो र शुभ अंक ४ रहेको छ।

कुम्भ
आज मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। आफ्नो शैक्षिक योग्यता तथा अनुभवबाट समाजलाई सकारात्मक दिशा दिनुपर्ने जिम्मेवारी आउन सक्छ। हतारमा कुनै निर्णय नलिनुहोला। समय र परिस्थितिको गम्भीरता बुझेर अघि बढ्दा सफलता मिल्नेछ। आजको शुभ रंग रातो र शुभ अंक १ रहेको छ।

मीन
आज प्राविधिक समस्याका कारण कार्यक्षेत्रमा केही बाधा उत्पन्न हुन सक्छ। परिस्थितिले गर्दा अपेक्षाअनुसार काम अघि नबढ्न सक्छ। सैद्धान्तिक तथा बौद्धिक विषयमा आफ्नो पक्ष बलियो रहनेछ। अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोला। आजको शुभ रंग हरियो र शुभ अंक ३ रहेको छ।

Facebook Comments Box
दानबहादुर कार्कीले सुरक्षा सल्लाहकारको नियुक्तिपत्र बुझेको समाचारमै प्रश्न, राससको समाचार भ्रामक भएको कार्की निकट स्रोतको दाबी
१ दिन अगाडि

1.2kViews 30 Shares Share on Facebook Share on Twitter अदालतमा न्याय मागिरहेका कार्कीले कानुनमै नभएको पद स्वीकारेको भन्ने समाचारको खण्डन,…

TOP
15 Shares