भाषा दक्षताले शान्ति अभियानलाई थप प्रभावकारी बनाउँछ : प्रहरी महानिरीक्षक दानबहादुर कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संयुक्त राष्ट्रसंघीय शान्ति अभियानलाई प्रभावकारी बनाउन भाषा दक्षताको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ।

संयुक्त राष्ट्रसंघीय शान्ति अभियान विभागका अवर–महासचिव श्री जाँ–पिएर लाक्रोआसँग “शक्तिवर्द्धक माध्यमका रूपमा भाषा : भाषा प्रशिक्षणमार्फत संयुक्त राष्ट्रसंघीय शान्ति अभियानलाई सुदृढ बनाउने” विषयक उच्चस्तरीय सत्रमा प्यानल वक्ताका रूपमा सहभागी हुँदै आईजीपी कार्कीले भाषा प्रशिक्षणलाई शान्ति स्थापना अभियानको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्नुभएको हो।

उहाँले संयुक्त राष्ट्रसंघीय प्रहरी (UNPOL) का अधिकारीहरूसँग भएको छलफलमा भाषा दक्षताले प्रभावकारी सञ्चार, स्थानीय समुदायसँग विश्वासको सम्बन्ध निर्माण, शान्ति सुरक्षाकर्मीबीचको अन्तरसञ्चालन क्षमता अभिवृद्धि तथा अभियानको समग्र सफलतामा प्रत्यक्ष योगदान पुर्‍याउने विषयमा जोड दिनुभयो।

विश्व शान्ति र सुरक्षाका लागि नेपालले दशकौँदेखि संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा सैनिक तथा प्रहरी योगदान गर्दै आएको उल्लेख गर्दै आईजीपी कार्कीले भाषा प्रशिक्षणमा लगानी गर्नु नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई थप मजबुत बनाउने महत्वपूर्ण कदम भएको बताउनुभयो।

संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा नेपाल अग्रणी योगदानकर्ता राष्ट्रमध्ये एक हो। नेपाली सुरक्षाकर्मीहरूले विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापना, नागरिक सुरक्षा र मानवीय सहयोगका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानले नेपालको अन्तर्राष्ट्रिय छवि थप उँचो बनाउँदै आएको छ।

आईजीपी कार्कीको सहभागिताले शान्ति अभियानमा नेपालको व्यावसायिक क्षमता, संस्थागत प्रतिबद्धता र अन्तर्राष्ट्रिय सहकार्यप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको छ।

Facebook Comments Box
आज असार २५ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि

2.0kViews 156 Shares Share on Facebook Share on Twitter मेष- जीवनसाथी वा प्रेमी–प्रेमिकाबाट अपेक्षित साथ र सहयोग प्राप्त हुने सम्भावना छ…

TOP
473 Shares