बाल मन्दिर जग्गा प्रकरणमा सीआईबीको ठूलो कदम : रकम हिनामिना आरोपमा तीन जना पक्राउ

काठमाडौं । बहुचर्चित बाल मन्दिरको जग्गा भाडा तथा रकम हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तीन जनालाई पक्राउ गरेको छ।

सीआईबीले बुधबार राति ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ र ५४ वर्षीया आशा श्रेष्ठलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई राति दरबारमार्ग प्रहरी वृत्तमा राखिएको छ।

सीआईबी स्रोतका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि म्याद थप गर्न बिहीबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी गरिएको छ।

बाल मन्दिरको बहुमूल्य सरकारी जग्गा लामो समयदेखि न्यून भाडादरमा सम्झौता गरिएको, आर्थिक अनियमितता भएको तथा राज्यको सम्पत्तिको दुरुपयोग गरिएको आरोपका कारण विवादमा पर्दै आएको थियो।

यस प्रकरणको अध्ययन गर्न उच्च अदालतका पूर्वमुख्य न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठन गरिएको आयोगले २०७७ सालमै सरकारलाई प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका निष्कर्ष तथा संकलित प्रमाणका आधारमा सीआईबीले पक्राउ परेका तीनै जनाविरुद्ध ठगी कसुरमा मुद्दा अघि बढाउने तयारी गरेको जनाएको छ।

बाल मन्दिरको जग्गासम्बन्धी प्रकरणलाई सार्वजनिक सम्पत्तिको दुरुपयोगसँग जोडिएको चर्चित मुद्दाका रूपमा हेरिँदै आएको छ। पछिल्लो पक्राउसँगै लामो समयदेखि चर्चामा रहेको यो प्रकरणको अनुसन्धान निर्णायक चरणमा पुगेको प्रहरी स्रोतले जनाएको छ।

Facebook Comments Box
आज असार २५ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
११ घण्टा अगाडि

1.9kViews 156 Shares Share on Facebook Share on Twitter मेष- जीवनसाथी वा प्रेमी–प्रेमिकाबाट अपेक्षित साथ र सहयोग प्राप्त हुने सम्भावना छ…

TOP
404 Shares