जेनजी आन्दोलनपछि नेपाल प्रहरीले पाएको दृढ नेतृत्व

सामान्यतया, देशको व्यवस्था परिवर्तनको अवस्थामा वा राज्यले राजनीतिक संकटको सामना गर्दा त्यस अवस्थालाई संक्रमणकालीन अवस्था भनिन्छ। जेनजी आन्दोलनपछि सिर्जनात्मक घटनाक्रम भए पनि नेपाल अझै संक्रमणकालीन रोगबाट पूर्ण रूपमा मुक्त हुन सकेको छैन। यसको मुख्य कारण संगठनभित्र गाडिएको फोहोरी खेल र अदूरदर्शी नेतृत्व हो।

यस्तो परिस्थितिमा राज्यको स्थायित्व र नागरिकको सुरक्षाको जिम्मेवारी सुरक्षासंस्थाहरू—नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग—माथि पर्छ। तर वर्तमान परिप्रेक्षमा, सेनाले मौनता अपनाएको, सशस्त्र प्रहरी नागरिकमुखी हुन नसकेको र अनुसन्धान विभाग निर्णयहीन अवस्थामा अल्झिएको देखिन्छ। यस्तो अवस्थामा नेपाल प्रहरी नै नागरिकको दैनिकीसँग प्रत्यक्ष रूपमा जोडिएको एकमात्र संस्था बनेको छ।

जेनजी आन्दोलनपछि प्रहरी नेतृत्व चयनमा राजनीतिक गठबन्धनका नेताहरूको स्वार्थ पाताल भासिएपछि, संगठनको जिम्मेवारी इतिहासकै सक्षम आइजिपी दानबहादुर कार्कीको काँधमा पुगेको थियो। नेपाल प्रहरीमा नेतृत्व निर्धारण परम्परागत रूपमा योग्यताभन्दा चाकरी र राजनीतिक वफादारीका आधारमा हुने परिपाटीले संगठनको पेशागत गरिमा कमजोर पार्दै आएको थियो।

हालैको नेतृत्व परिवर्तनसँगै दानबहादुर कार्की ३३औं महानिरीक्षकका रूपमा इतिहासमा दर्ज भए। करिब २.५ वर्षको छोटो कार्यकालमा उनले जेनजी आन्दोलनपछि ध्वस्त भएका प्रहरी संरचनालाई पुनर्स्थापित गर्न सफल भएका छन्। साथै, प्रहरीका दबिएका मनोबललाई पुनः उर्जाशील बनाउन, कुनै पनि बाह्य दबाबमा नझुक्दै संगठनको मर्यादा जोगाउन उनले महत्वपूर्ण योगदान दिएका छन्।

कार्कीले संगठनभित्र व्यवसायिकता, शालीनता र जनमुखी दृष्टिकोणको उदाहरण प्रस्तुत गरेका छन्।विगतमा राजधानीदेखि तराईसम्मका जिम्मेवारी निभाउँदै उनले शान्ति सुरक्षा, अपराध नियन्त्रण र मानवस्रोत व्यवस्थापनमा सन्तुलित कमाण्ड क्षमताको प्रदर्शन गरेका थिए।हाल आइजिपी कार्कीले नेपाल प्रहरीको सर्वोच्च कमाण्डरको रूपमा स्थिरता र विश्वासको प्रतीक बनाएका छन्।

गुल्मीको मालिका गाउँपालिका–७ मा जन्मिएका कार्कीले २०५४ साल चैत १८ गते निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए। चार हजार रुपैयाँ मासिक तलबबाट सुरु भएको उनको यात्रा आज प्रेरणादायी उदाहरण बनेको छ। सांगीतिक रुचि पनि उनको विशेषता हो—उनका केही गीत बजारमा आएका छन्, जसमा “प्रहरी” विषयमा समर्पित गीत पनि छ। तर, उनको वास्तविक परिचय व्यावसायिकता, आत्मानुशासन, पारदर्शिता र देशभक्त नेतृत्व हो।

आन्दोलन, महामारी र सामाजिक अस्थिरताको बेला पनि उनले संयमता र विवेकपूर्ण निर्णयमार्फत प्रहरी संगठनलाई सशक्त र जनमुखी बनाउन सफल भएका छन्। जेनजी आन्दोलनपछि राजनीतिक रूपमा तनावपूर्ण र सामाजिक रूपमा संवेदनशील बनेको यो घडीमा, दानबहादुर कार्की जस्तो संयमी, दृढ र व्यवहारिक नेतृत्वले नेपाल प्रहरीको गरिमालाई थप उचाइमा पुर्याएको छ।

 

Facebook Comments Box
सर्लाहीको हरिपुरमा दर्दनाक दुर्घटना : इँट्टाको चाङले थिचेर तीन जनाको मृत्यु, दुई घाइते
१ दिन अगाडि

1.4kViews 161 Shares Share on Facebook Share on Twitter सर्लाही । हरिपुर नगरपालिका–५, मजुर्वास्थित कृष्ण इँट्टा उद्योगमा शुक्रबार साँझ भएको…

TOP
404 Shares