

ट्राफिक नियम कडाइका साथ पालना गर्नुपर्नेमा एसएसपी सुरेश काफ्लेको स्पष्ट धारणा : ५० हजार जरिवानाले होइन, चेतनाले सुधार आवश्यक
काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले सडक सुरक्षालाई प्रभावकारी बनाउन केवल जरिवानाको दर होइन, नागरिकको व्यवहार परिवर्तन मुख्य आधार हुनुपर्नेमा जोड दिएका छन् ।
ट्राफिक नियम उल्लंघन बढ्दै गएको वर्तमान अवस्थामा उनले रातो बत्तीमा सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, जेब्रा क्रसिङको बेवास्ता गर्ने तथा जथाभावी ओभरटेक गर्ने प्रवृत्ति बढिरहेको उल्लेख गरे । यस्तै, शहरभित्र तोकिएको गतिभन्दा बढी गति (ओभर स्पीड) मा सवारी चलाउने समस्या पनि चुनौतीपूर्ण बन्दै गएको उनले बताए ।
एसएसपी काफ्लेका अनुसार, “मैले नियम मिचेँ भने महँगो पर्छ” भन्ने चेतना प्रत्येक नागरिकमा विकास हुन सके मात्र सडक अनुशासन कायम हुन सक्छ । उनले उच्च जरिवाना व्यवस्था आवश्यक हुन सक्ने संकेत गर्दै यसको मुख्य उद्देश्य दण्ड होइन, दुर्घटना न्यूनीकरण र जिम्मेवार ड्राइभिङ संस्कृति निर्माण रहेको स्पष्ट पारे ।
उनले मापसे (मादक पदार्थ सेवन) गरी सवारी चलाउने प्रवृत्तिलाई अत्यन्त गम्भीर अपराधको रूपमा व्याख्या गर्दै यसले चालक मात्र होइन, अन्य यात्रु तथा सर्वसाधारणको ज्यान समेत जोखिममा पार्ने भएकाले यस्ता कार्य पूर्ण रूपमा रोक्नुपर्नेमा जोड दिए ।
एसएसपी काफ्लेले ट्राफिक व्यवस्थापनमा कठोरता र चेतना दुवै सँगसँगै आवश्यक रहेको बताउँदै “५० हजार होस् वा १ लाख जरिवाना, नियम पालना गर्ने संस्कार नभएसम्म समस्या समाधान हुँदैन” भन्ने स्पष्ट सन्देश दिएका छन् ।
उनको यो अभिव्यक्तिलाई सडक सुरक्षा, अनुशासन र जिम्मेवार सवारी सञ्चालनतर्फको महत्वपूर्ण आग्रहका रूपमा लिइएको छ ।
समाज
थप सामाग्री-
ट्राफिक नियम कडाइका साथ पालना गर्नुपर्नेमा एसएसपी सुरेश काफ्लेको स्पष्ट धारणा : ५० हजार जरिवानाले होइन, चेतनाले सुधार आवश्यक
-
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
-
कान्तिलोकपथमा फेरि पहिरो, भर्याङडाँडामा सडक अवरुद्ध; ठिंगन खण्ड सञ्चालनमा
-
देशका विभिन्न स्थानमा आज र भोलि भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
लुम्बिनीमा अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न, अनुसन्धानलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउने प्रतिबद्धता
आज असार १६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
११ घण्टा अगाडि
1.5kViews 390 Shares Share on Facebook Share on Twitter मेष अरूको भर परेर काम गर्दा हानि हुन सक्छ, सचेत रहनुहोस्।…





