पुँजीगत खर्च सुस्त, असारमा दैनिक अर्बौं खर्च गर्नुपर्ने दबाबमा सरकार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा पनि पुँजीगत बजेट खर्चको गति कमजोर रहँदा सरकार आर्थिक वर्षको अन्त्यमा ठूलो रकम खर्च गर्नुपर्ने दबाबमा परेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार असार १५ गतेसम्म पुँजीगत बजेटको ३५.१२ प्रतिशत मात्रै खर्च भएको छ । सरकारले पुँजीगततर्फ विनियोजन गरेको ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँमध्ये हालसम्म १ खर्ब ४३ अर्ब २३ करोड रुपैयाँ मात्र खर्च भएको देखिएको छ ।

चालु खर्च र वित्तीय व्यवस्थातर्फ भने खर्चको अवस्था तुलनात्मक रूपमा राम्रो रहेको छ । चालु बजेटतर्फ ८१.०९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८३.४१ प्रतिशत खर्च भइसकेको तथ्यांक छ ।

सरकारले संशोधित अनुमानअनुसार चालु आर्थिक वर्षमा पुँजीगत बजेटमध्ये २ खर्ब ५१ अर्ब ३९ करोड रुपैयाँ खर्च हुने प्रक्षेपण गरेको छ, जुन कुल विनियोजित बजेटको ६१.६३ प्रतिशत हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार असार २५ गतेपछि भुक्तानीका लागि चेक जारी गर्न नपाइने भएकाले अब बाँकी अवधिमा खर्च बढाउन सरकारमाथि दबाब परेको छ । लक्ष्यअनुसार खर्च पुर्‍याउन बाँकी ८ कार्यदिनमा दैनिक औसत १३ अर्ब ५२ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने अवस्था देखिएको छ ।

पुँजीगत बजेट कार्यान्वयनको कमजोर अवस्थाले विकास निर्माणका आयोजना प्रभावित हुनुका साथै हरेक वर्ष दोहोरिने ‘असारे खर्च’ प्रवृत्तिमाथि फेरि प्रश्न उठाएको छ ।

Facebook Comments Box
आज असार १६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
११ घण्टा अगाडि

1.5kViews 390 Shares Share on Facebook Share on Twitter मेष अरूको भर परेर काम गर्दा हानि हुन सक्छ, सचेत रहनुहोस्।…

TOP
240 Shares