कान्ति लोकपथमा राति यात्रा नगर्न प्रशासनको आग्रह

ललितपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै कान्ति लोकपथ (हेटौँडा–काठमाडौं सडकखण्ड) मा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वसन्तराज अधिकारीले जारी गरेको सूचनाअनुसार असार १६ र १७ गते बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्ड हुँदै कुनै पनि प्रकारको यात्रा नगर्न तथा नगराउन अनुरोध गरिएको छ ।

गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्रमा पहिरो, सडक अवरोध, बाढी तथा नदीको जलसतह बढ्न सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ ।

प्रशासनले नदी, खोला तथा जलाशयमा पौडी खेल्ने, माछा मार्ने, डुङ्गा सञ्चालन गर्ने वा नदी तर्ने जस्ता जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको छ । साथै पहिरो, बाढी तथा डुबानको जोखिम भएका क्षेत्र र भिरालो स्थानमा अनावश्यक आवतजावत नगर्न समेत अनुरोध गरिएको छ ।

सडक तथा मौसमको अवस्थाबारे आधिकारिक सूचना पालना गर्न आग्रह गर्दै प्रशासनले विपद् वा आपत्कालीन अवस्था आएमा नजिकको सुरक्षा निकाय वा आपतकालीन कार्य सञ्चालन केन्द्रको निःशुल्क नम्बर ११४९ मा जानकारी गराउन भनेको छ ।

Facebook Comments Box
आज असार १६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
११ घण्टा अगाडि

1.5kViews 390 Shares Share on Facebook Share on Twitter मेष अरूको भर परेर काम गर्दा हानि हुन सक्छ, सचेत रहनुहोस्।…

TOP
314 Shares