

लुम्बिनीमा अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न, अनुसन्धानलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउने प्रतिबद्धता
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको संयुक्त आयोजनामा प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३ आइतबार सफलतापूर्वक सम्पन्न भएको छ। गोष्ठीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरीका एआईजी सुशील सिंह राठौर रहनुभएको थियो।
गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला प्रहरी कार्यालय तथा अनुसन्धान इकाइहरूले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएका अनुसन्धान कार्यहरूको विस्तृत समीक्षा प्रस्तुत गरेका थिए। सो क्रममा अनुसन्धानसम्बन्धी प्रमुख चुनौती, हासिल उपलब्धि, उत्कृष्ट अभ्यास तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरिएको थियो।
कार्यक्रममा अनुसन्धान प्रणालीलाई थप वैज्ञानिक, प्रमाणमा आधारित, प्रविधिमैत्री तथा पीडितमैत्री बनाउने विषयमा विस्तृत छलफल भएको प्रहरीले जनाएको छ। सहभागीहरूले अनुसन्धान प्रक्रियाको गुणस्तर वृद्धि र प्रभावकारिता बढाउने उपायहरूबारे सुझावसमेत प्रस्तुत गरेका थिए।
यस वर्ष पहिलो पटक सञ्चालन गरिएको “Best Investigation Showcase” मार्फत विभिन्न जिल्लाहरूले आफ्ना उत्कृष्ट अनुसन्धान प्रस्तुत गर्दै नवीन अभ्यास, रणनीति र सिकाइ आदानप्रदान गरेका थिए। उत्कृष्ट अनुसन्धान प्रस्तुत गर्ने टोलीलाई “उत्कृष्ट अनुसन्धान सम्मान” प्रदान गरिएको छ।
गोष्ठीको समापनमा सहभागी जिल्ला प्रहरी कार्यालय प्रमुख, अनुसन्धान शाखा प्रमुख तथा इलाका प्रहरी कार्यालय प्रमुखहरूले अनुसन्धान कार्यलाई अझ व्यावसायिक, गुणस्तरीय, प्रमाणमुखी र नागरिकमैत्री बनाउने साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन्।
समाज
थप सामाग्री-
ट्राफिक नियम कडाइका साथ पालना गर्नुपर्नेमा एसएसपी सुरेश काफ्लेको स्पष्ट धारणा : ५० हजार जरिवानाले होइन, चेतनाले सुधार आवश्यक
-
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
-
कान्तिलोकपथमा फेरि पहिरो, भर्याङडाँडामा सडक अवरुद्ध; ठिंगन खण्ड सञ्चालनमा
-
देशका विभिन्न स्थानमा आज र भोलि भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
लुम्बिनीमा अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न, अनुसन्धानलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउने प्रतिबद्धता
आज असार १६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
१२ घण्टा अगाडि
1.6kViews 390 Shares Share on Facebook Share on Twitter मेष अरूको भर परेर काम गर्दा हानि हुन सक्छ, सचेत रहनुहोस्।…





