सीमा निगरानी कडा बनाउन सशस्त्र प्रहरीको नयाँ रणनीति, सादा पोशाकमा जनशक्ति परिचालन हुने

काठमाडौं । सीमा सुरक्षा तथा सूचना संकलन प्रणालीलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

सर्वसाधारणसँग सहज पहुँच स्थापित गर्दै तस्करी, भन्सार छली तथा प्रतिबन्धित गतिविधिबारे गोप्य सूचना संकलन गर्ने लक्ष्यसहित यो व्यवस्था लागू गर्न लागिएको हो ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार प्रमुख सीमा नाकाहरूमा प्रत्येक नाकामा तीनदेखि पाँच जना सादा पोशाकधारी सुरक्षाकर्मी खटाइनेछन् । उनीहरूले सीमा क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणका गुनासा सुन्ने, आवश्यक सहजीकरण गर्ने तथा प्राप्त सूचनालाई सम्बन्धित सुरक्षा निकायसम्म पुर्‍याउने जिम्मेवारी पाउनेछन् ।

डीएसपी थापाले कम्ब्याट पोशाक र हतियारधारी सुरक्षाकर्मीसमक्ष नागरिक खुलेर कुरा गर्न हिच्किचाउने अवस्था रहने भएकाले सादा पोशाकमा परिचालन गरिने जनशक्तिबाट सूचना संकलन अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

यस व्यवस्थाबाट सीमा क्षेत्रमा हुने चोरी–तस्करी, भन्सार छली, लागुऔषध कारोबार तथा अन्य प्रतिबन्धित गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

योजना अनुसार सादा पोशाकमा खटिने सुरक्षाकर्मीले सफारी पोशाक र नेपाली टोपी लगाउनेछन्, जसले उनीहरूलाई सर्वसाधारणबीच सहज रूपमा परिचित गराउनेछ ।

Facebook Comments Box
आज असार १६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
११ घण्टा अगाडि

1.5kViews 390 Shares Share on Facebook Share on Twitter मेष अरूको भर परेर काम गर्दा हानि हुन सक्छ, सचेत रहनुहोस्।…

TOP
297 Shares