

ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन १५ शैय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ ।
ड्रागन रियर जेभी र गाउँपालिकाबीच २०७८ असार २५ गते भएको ठेक्का सम्झौताअनुसार २०७९ असार २८ भित्र भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने थियो । तर, हालसम्म निर्माण कार्य ३३ प्रतिशत मात्रै सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
कूल २० करोड ७१ हजार ५९० रुपैयाँ लागतमा निर्माण हुने भनिएको अस्पताल भवनका लागि ठेकेदार कम्पनीले हालसम्म ६ करोड ४९ लाख ६ हजार रुपैयाँ भुक्तानी लिइसकेको गाउँपालिकाको भनाइ छ । समयमै काम सम्पन्न नभएपछि कम्पनीलाई पाँच पटकसम्म म्याद थप गरिएको थियो ।
गाउँपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक खेमबहादुर खड्काले पर्याप्त बजेट र आवश्यक वातावरण उपलब्ध गराउँदा पनि निर्माण कार्य अघि नबढेको बताएका छन् ।
गाउँपालिकाका अनुसार ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरिएको भए पनि पछिल्लोपटक थपिएको म्यादमा समेत काम सम्पन्न हुन सकेन । अब ठेकेदार कम्पनीले भुक्तानी लिन नसकेको रकम र बाँकी कामबारे कार्यपालिका बैठकबाट आवश्यक निर्णय गरिने जनाइएको छ ।
यसैबीच ठेकेदार कम्पनीका प्रतिनिधि ङ्वाङ डण्डुप लामाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिवर्तनमा भएको ढिलाइ, पर्याप्त बजेट अभाव र फोक्सिङटारमा पुल नहुँदा निर्माण प्रभावित भएको दाबी गरेका छन् ।
चिसापानी बजारमा अस्पताल भवन निर्माणका लागि स्थानीयले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । तर लामो समयदेखि भवन निर्माण पूरा नहुँदा स्थानीय स्वास्थ्य सेवा विस्तारको योजना प्रभावित भएको छ ।
समाज
थप सामाग्री-
ट्राफिक नियम कडाइका साथ पालना गर्नुपर्नेमा एसएसपी सुरेश काफ्लेको स्पष्ट धारणा : ५० हजार जरिवानाले होइन, चेतनाले सुधार आवश्यक
-
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
-
कान्तिलोकपथमा फेरि पहिरो, भर्याङडाँडामा सडक अवरुद्ध; ठिंगन खण्ड सञ्चालनमा
-
देशका विभिन्न स्थानमा आज र भोलि भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
लुम्बिनीमा अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न, अनुसन्धानलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउने प्रतिबद्धता
आज असार १६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
१४ घण्टा अगाडि
1.6kViews 390 Shares Share on Facebook Share on Twitter मेष अरूको भर परेर काम गर्दा हानि हुन सक्छ, सचेत रहनुहोस्।…





