विदेशी पीआर, डिभी लिएका कर्मचारीमाथि काठमाडौं महानगरको कारबाही प्रक्रिया अघि बढ्यो

काठमाडौं । विदेशी स्थायी बसोबास अनुमति (पीआर), डिभी तथा अस्थायी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित रहेका चार जना कर्मचारीसँग काठमाडौं महानगरपालिकाले स्पष्टीकरण माग गरेको छ ।

महानगरका अनुसार बिदा सकिएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसेका ती कर्मचारीमाथि पदमा बहाल रहँदै विदेशी आवासीय अनुमति लिएको विषयमा अनुसन्धान अघि बढाइएको हो ।

महानगरले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाउँदै आवश्यक परे सेवाबाट हटाउने तयारी गरेको जनाएको छ ।

विदेशी अनुमति लिएका कर्मचारीले सरकारी सेवाको जिम्मेवारी पूरा नगरेको र कार्यालयमा अनुपस्थित रहेको विषयलाई महानगरले गम्भीर रूपमा लिएको बताइएको छ ।

Facebook Comments Box
आज असार १६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
११ घण्टा अगाडि

1.5kViews 390 Shares Share on Facebook Share on Twitter मेष अरूको भर परेर काम गर्दा हानि हुन सक्छ, सचेत रहनुहोस्।…

TOP
460 Shares