नेप्से लगातार छैटौँ दिन घट्यो, परिसूचक २६०८ विन्दुमा झर्‍यो

ललितपुर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार पनि घटेको छ । साताको दोस्रो कारोबार दिन नेप्से २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा कायम भएको हो । यससँगै बजार लगातार छैटौँ कारोबार दिन ओरालो लागेको छ ।

मंगलबार सेन्सेटिभ इन्डेक्स ३.०४ अंक, फ्लोट इन्डेक्स १.५२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१० अंकले घटेका छन् ।

बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । ३६५ वटा स्टकको ७९ हजार २८६ पटक कारोबार हुँदा ८७ लाख ३७ हजार कित्ता शेयर किनबेच भएको छ । कुल ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबारका क्रममा स्नो रिभर्स लिमिटेडको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ । कम्पनीको शेयर मूल्य १५ प्रतिशतले बढेर ४५४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा पनि वृद्धि देखिएको छ ।

यता, टक्सार पिखुवा खोला हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १४.०३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सिद्धार्थ बैंक अग्रस्थानमा रहेको छ । बैंकको करिब १३ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

उपसमूहतर्फ मंगलबार १३ वटै समूहका परिसूचक घटेका छन् । व्यापार उपसमूह सर्वाधिक १.७४ प्रतिशतले घटेको छ भने वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहमा पनि गिरावट आएको छ ।

Facebook Comments Box
आज असार १६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
११ घण्टा अगाडि

1.5kViews 390 Shares Share on Facebook Share on Twitter मेष अरूको भर परेर काम गर्दा हानि हुन सक्छ, सचेत रहनुहोस्।…

TOP
328 Shares