

एन्फा प्रतिबन्धमा सरकारको हस्तक्षेप जिम्मेवार : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारकै हस्तक्षेपका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय प्रतियोगिताबाट प्रतिबन्धमा परेको आरोप लगाएका छन् ।
मंगलबार नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विश्वकप फुटबल चलिरहेका बेला नेपाल भने अन्तर्राष्ट्रिय प्रतिबन्धमा पर्नु दुःखद भएको बताए ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले एन्फामाथि लगाएको प्रतिबन्धप्रति असन्तुष्टि जनाउँदै ओलीले खेल क्षेत्रलाई सुधार गर्न जरैदेखि परिवर्तन आवश्यक रहेको धारणा राखे ।
उनले खेलकुद क्षेत्रमा देखिएका समस्या समाधानका लागि सतही नभई संरचनागत सुधार गर्नुपर्ने बताए ।
ओलीले नेपाली खेलाडीमा खेल कौशलसँगै देशप्रतिको जिम्मेवारी र राष्ट्रिय भावना पनि आवश्यक रहेको उल्लेख गर्दै देशको प्रतिष्ठा बढाउने खालका खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिए ।
उनले उत्कृष्ट प्रदर्शनमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बलियो बनाउन खेल क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने धारणा राखे ।
समाज
थप सामाग्री-
ट्राफिक नियम कडाइका साथ पालना गर्नुपर्नेमा एसएसपी सुरेश काफ्लेको स्पष्ट धारणा : ५० हजार जरिवानाले होइन, चेतनाले सुधार आवश्यक
-
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
-
कान्तिलोकपथमा फेरि पहिरो, भर्याङडाँडामा सडक अवरुद्ध; ठिंगन खण्ड सञ्चालनमा
-
देशका विभिन्न स्थानमा आज र भोलि भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
लुम्बिनीमा अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न, अनुसन्धानलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउने प्रतिबद्धता
आज असार १६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
१३ घण्टा अगाडि
1.6kViews 390 Shares Share on Facebook Share on Twitter मेष अरूको भर परेर काम गर्दा हानि हुन सक्छ, सचेत रहनुहोस्।…





