

राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ सदस्य मनोनित
काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन जना अन्तर्राष्ट्रिय विज्ञ व्यक्तित्वलाई सदस्यमा मनोनयन गरेको छ ।
कोषका अध्यक्षसमेत रहेकी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोषको ऐनमा रहेको प्रावधानअनुसार संरक्षण क्षेत्रका विज्ञहरूलाई सदस्यमा मनोनित गरेकी हुन् ।
कोषको अन्तर्राष्ट्रिय साख अभिवृद्धि तथा वैज्ञानिक संरक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यले बेलायतको हाउस अफ लर्ड्सका लर्ड क्यामोस विलियम स्टोनर, विश्वप्रसिद्ध संरक्षणकर्मी एवं वन्यजन्तु विज्ञ डा. एरिक डाइनस्र्टाइन र अस्ट्रेलियन प्राध्यापक डा. विन्डी राइटलाई सदस्यमा चयन गरिएको हो ।
मनोनित सदस्यमध्ये लर्ड क्यामोस विलियम स्टोनर र डा. एरिक डाइनस्र्टाइन नेपालको संरक्षण अभियानसँग लामो समयदेखि जोडिएका व्यक्तित्व हुन् । लर्ड क्यामोसले नेपालको जैविक विविधता संरक्षणमा योगदान पुर्याउँदै आएका छन् भने डा. डाइनस्र्टाइनले चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघसम्बन्धी अनुसन्धान तथा संरक्षण क्षेत्रमा महत्वपूर्ण काम गरेका छन् ।
त्यस्तै, प्रा. डा. विन्डी राइटले सालक संरक्षण, मध्यवर्ती क्षेत्र व्यवस्थापन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका क्षेत्रमा नेपालसँग सहकार्य गर्दै आएकी छन् ।
विगत चार दशकभन्दा लामो इतिहास बोकेको राष्ट्रिय प्रकृति संरक्षण कोषले समुदायमा आधारित संरक्षण र जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । मनोनित विज्ञ सदस्यहरूले कोषको नीतिगत सुधार, वैज्ञानिक संरक्षण र अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
मन्त्री चौधरीले कोषको कर्मचारी प्रशासनसम्बन्धी विनियमावली संशोधन गर्ने तयारीसमेत रहेको बताएकी छन् ।
समाज
थप सामाग्री-
ट्राफिक नियम कडाइका साथ पालना गर्नुपर्नेमा एसएसपी सुरेश काफ्लेको स्पष्ट धारणा : ५० हजार जरिवानाले होइन, चेतनाले सुधार आवश्यक
-
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
-
कान्तिलोकपथमा फेरि पहिरो, भर्याङडाँडामा सडक अवरुद्ध; ठिंगन खण्ड सञ्चालनमा
-
देशका विभिन्न स्थानमा आज र भोलि भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
लुम्बिनीमा अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न, अनुसन्धानलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउने प्रतिबद्धता
आज असार १६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
१४ घण्टा अगाडि
1.6kViews 390 Shares Share on Facebook Share on Twitter मेष अरूको भर परेर काम गर्दा हानि हुन सक्छ, सचेत रहनुहोस्।…





