

बैंकिङ कसुरमा दोषी ठहर भई फरार शेर्पा चाबहिलबाट पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–१ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने ५१ वर्षीय निमा लामा शेर्पा रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–७ चाबहिलबाट पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंको २०७९ माघ ६ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा शेर्पालाई ५ दिन कैद र १५ लाख १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । फैसलापछि फरार रहेका उनलाई प्रहरीले खोजी गरी पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका शेर्पालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरीले जनाएको छ ।
समाज
थप सामाग्री-
ट्राफिक नियम कडाइका साथ पालना गर्नुपर्नेमा एसएसपी सुरेश काफ्लेको स्पष्ट धारणा : ५० हजार जरिवानाले होइन, चेतनाले सुधार आवश्यक
-
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
-
कान्तिलोकपथमा फेरि पहिरो, भर्याङडाँडामा सडक अवरुद्ध; ठिंगन खण्ड सञ्चालनमा
-
देशका विभिन्न स्थानमा आज र भोलि भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
लुम्बिनीमा अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न, अनुसन्धानलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउने प्रतिबद्धता
आज असार १६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
१२ घण्टा अगाडि
1.6kViews 390 Shares Share on Facebook Share on Twitter मेष अरूको भर परेर काम गर्दा हानि हुन सक्छ, सचेत रहनुहोस्।…





