डिजिटल अनुसन्धान क्षमता बढाउन नेपाल प्रहरीलाई अमेरिकी दूतावासको सहयोग

काठमाडौं । अमेरिकी दूतावासले नेपाल प्रहरीलाई डिजिटल फरेन्सिक अनुसन्धानका लागि आवश्यक विभिन्न प्रविधि तथा उपकरणहरू प्रदान गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा डिजिटल फरेन्सिक ल्याबका लागि सफ्टवेयर, हार्डवेयरलगायतका उपकरण हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक कार्कीले डिजिटल फरेन्सिक क्षमताको विकासका लागि प्राप्त सहयोगले आधुनिक प्रविधिमा आधारित अनुसन्धानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । उनले यस्तो सहकार्यले नेपाल–अमेरिका सम्बन्धमा रहेको आपसी विश्वास र सहकार्यलाई समेत प्रतिबिम्बित गर्ने बताए ।

Facebook Comments Box
आज असार १६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
११ घण्टा अगाडि

1.5kViews 390 Shares Share on Facebook Share on Twitter मेष अरूको भर परेर काम गर्दा हानि हुन सक्छ, सचेत रहनुहोस्।…

TOP
374 Shares