

लमजुङमा रात्रीकालीन सवारी सञ्चालनमा रोक, मनसुनजन्य जोखिम न्यूनीकरणका लागि निर्णय
लमजुङ । मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित जनधन क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले लमजुङमा रात्रीकालीन समयमा केही प्रमुख सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले आजदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेकका सवारीसाधनलाई रात्रीकालीन समयमा सञ्चालन नगर्ने निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार बेसीसहर–चामे सडकखण्डअन्तर्गत बेसीसहरदेखि मनाङ जिल्लाको सीमानासम्म प्रत्येक दिन साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
त्यस्तै, पुष्पलाल मध्यपहाडी लोकमार्गको सुन्दरबजार–भोर्लेटार सडकखण्डअन्तर्गत बिमिरे भञ्ज्याङ क्षेत्रमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा निषेध गरिएको उनले जानकारी दिए ।
प्रशासनका अनुसार अत्यावश्यक सेवा तथा आपतकालीन प्रयोजनका सवारीसाधन भने नियमित रूपमा सञ्चालन गर्न दिइनेछ ।
हालको मौसमी अवस्थालाई मध्यनजर गर्दै सम्भावित भारी वर्षा, पहिरो तथा सडक दुर्घटनाको जोखिमलाई ध्यानमा राखी यो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
समाज
थप सामाग्री-
ट्राफिक नियम कडाइका साथ पालना गर्नुपर्नेमा एसएसपी सुरेश काफ्लेको स्पष्ट धारणा : ५० हजार जरिवानाले होइन, चेतनाले सुधार आवश्यक
-
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
-
कान्तिलोकपथमा फेरि पहिरो, भर्याङडाँडामा सडक अवरुद्ध; ठिंगन खण्ड सञ्चालनमा
-
देशका विभिन्न स्थानमा आज र भोलि भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
लुम्बिनीमा अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न, अनुसन्धानलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउने प्रतिबद्धता
आज असार १६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
१२ घण्टा अगाडि
1.5kViews 390 Shares Share on Facebook Share on Twitter मेष अरूको भर परेर काम गर्दा हानि हुन सक्छ, सचेत रहनुहोस्।…





