

कानून कार्यान्वयनमा कठोरता अपनाउन डिआईजी ओम अधिकारीको निर्देशन
बारा । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) ओम अधिकारीले कानून कार्यान्वयनमा कठोरता अपनाउँदै व्यावसायिक र जनमुखी प्रहरी सेवा प्रवाह गर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ।
जिल्ला प्रहरी कार्यालय बाराको निरीक्षण भ्रमणका क्रममा डिआईजी अधिकारीले कार्यरत प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै नागरिकसँगको व्यवहारमा शिष्टता, बोली–वचनमा नम्रता तथा कानून कार्यान्वयनमा दृढता कायम गर्न विशेष निर्देशन दिनुभयो।
उहाँले प्रहरी संगठनको प्रमुख दायित्व नागरिकको जिउधनको सुरक्षा र शान्ति–सुरक्षाको प्रत्याभूति गराउनु रहेको उल्लेख गर्दै, प्रत्येक प्रहरी कर्मचारीले संगठनको हितलाई सर्वोपरी ठानी इमान्दारी, अनुशासन र जिम्मेवारीबोधका साथ आफ्नो पदीय दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
डिआईजी अधिकारीले आपसी भाइचारा, समन्वय र सहयोगी भावनासहित कार्यसम्पादन गर्न आग्रह गर्दै, जनविश्वास अभिवृद्धि हुने गरी प्रहरी सेवाको प्रभावकारिता थप मजबुत बनाउन निर्देशन दिनुभएको थियो।
निरीक्षण भ्रमणका क्रममा उहाँले जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्था, अपराध नियन्त्रण तथा प्रहरी कार्यसम्पादनका विविध पक्षबारे जानकारी लिँदै प्रभावकारी कानून कार्यान्वयन र नागरिकमैत्री प्रहरी सेवामा विशेष जोड दिनुभएको जनाइएको छ।
समाज
थप सामाग्री-
मन्त्री सिता बादीसँग राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घको पहिलो छलफल
-
काठमाडौंमा सवारीसाधनमा कालो सिसा हटाउने देशव्यापी अभियान सुरु
-
आज असार १७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
कानून कार्यान्वयनमा कठोरता अपनाउन डिआईजी ओम अधिकारीको निर्देशन
-
ट्राफिक नियम कडाइका साथ पालना गर्नुपर्नेमा एसएसपी सुरेश काफ्लेको स्पष्ट धारणा : ५० हजार जरिवानाले होइन, चेतनाले सुधार आवश्यक
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
१ दिन अगाडि
1.4kViews 169 Shares Share on Facebook Share on Twitter खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन…





