दक्षिण कोरियामा हान सेओङ–सुक प्रधानमन्त्री नियुक्त, २० वर्षपछि फेरि महिला प्रधानमन्त्री

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले हान सेओङ–सुकलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता काङ् यु–जुङले बुधबार नियुक्तिको औपचारिक घोषणा गरेका हुन्।

हान सेओङ–सुकको नियुक्ति जुलाई १ देखि लागू हुने जनाइएको छ। उनी राष्ट्रपति ली जे म्युङको प्रशासनमा दोस्रो महिला प्रधानमन्त्री तथा किम मिन–सिओकको उत्तराधिकारी बनेकी छन्। साथै, उनी दक्षिण कोरियाको इतिहासमा ५०औँ प्रधानमन्त्रीका रूपमा नियुक्त भएकी हुन्।

राष्ट्रिय सभामा भएको मतदानमा हानको नियुक्तिको पक्षमा १६६ मत परेको थियो। मतदानमा सहभागी १६७ सांसदमध्ये एक जनाले विपक्षमा मतदान गरेका थिए। मुख्य विपक्षी दल पिपुल पावर पार्टी (पीपीपी) ले हान यस पदका लागि योग्य नरहेको दाबी गर्दै मतदान बहिष्कार गरेको थियो।

यसअघि लघु तथा मध्यम उद्यम (एसएमई) मन्त्री रहेकी हान सेओङ–सुक प्रधानमन्त्री नियुक्त भएसँगै दक्षिण कोरियाले करिब २० वर्षपछि पुनः महिला प्रधानमन्त्री पाएको छ।

Facebook Comments Box
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
१ दिन अगाडि

1.4kViews 169 Shares Share on Facebook Share on Twitter खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन…

TOP
393 Shares