

विभिन्न मुद्दाका फरार पाँच प्रतिवादी झापाबाट पक्राउ
झापा । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको फैसला कार्यान्वयन टोलीले उनीहरूलाई झापाका विभिन्न स्थानबाट पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको हो।
पक्राउ पर्नेमा झापा गाउँपालिका–४ का ४७ वर्षीय अब्दुल हकिम मियाँ रहेका छन्। उनी सवारी ज्यान मुद्दामा तीन महिना कैद र २०० रुपैयाँ जरिवाना सजाय तोकिएका प्रतिवादी हुन्। यस्तै, मेचीनगर नगरपालिका–३ का २६ वर्षीय अनिल दनुवार लागुऔषध मुद्दामा तीन महिना कैद र २०० रुपैयाँ जरिवाना सजाय तोकिएका प्रतिवादी हुन्।
त्यसैगरी, कमल गाउँपालिका–५ का २३ वर्षीय मनिष मगर लागुऔषध मुद्दामा नौ महिना २० दिन कैद सजाय तोकिएकाले झापा कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
यस्तै, इलामको चुलाचुली गाउँपालिका–५ का ३० वर्षीय लक्ष्मण फागो सवारी ज्यान मुद्दामा एक वर्ष ११ महिना तीन दिन कैद तथा दुई हजार रुपैयाँ जरिवाना सजाय तोकिएका प्रतिवादी रहेकाले उनलाई पनि पक्राउ गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एसपी रञ्जन अवाले जानकारी दिए।
समाज
थप सामाग्री-
मन्त्री सिता बादीसँग राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घको पहिलो छलफल
-
काठमाडौंमा सवारीसाधनमा कालो सिसा हटाउने देशव्यापी अभियान सुरु
-
आज असार १७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
कानून कार्यान्वयनमा कठोरता अपनाउन डिआईजी ओम अधिकारीको निर्देशन
-
ट्राफिक नियम कडाइका साथ पालना गर्नुपर्नेमा एसएसपी सुरेश काफ्लेको स्पष्ट धारणा : ५० हजार जरिवानाले होइन, चेतनाले सुधार आवश्यक
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
१ दिन अगाडि
1.4kViews 169 Shares Share on Facebook Share on Twitter खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन…





