साउनभित्र २ लाख १० हजार मेट्रिकटन रासायनिक मल भित्र्याइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । धानबालीका लागि आवश्यक मलको आपूर्ति सुनिश्चित गर्दै किसानलाई राहत दिने उद्देश्यले मन्त्रालयले विभिन्न माध्यमबाट आयात प्रक्रिया अघि बढाएको हो ।

सरकार–सरकार (जिटुजी) सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिकटन युरिया मल साउनको दोस्रो साताभित्र नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ । यस्तै, अन्तर्राष्ट्रिय ग्लोबल टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिकटन रासायनिक मल आयात गरिनेछ, जसमा ६० हजार मेट्रिकटन डीएपी र १ लाख २० हजार मेट्रिकटन युरिया रहेको छ ।

मन्त्रालयका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धता प्रभावित भए पनि किसानलाई आवश्यक मल उपलब्ध गराउन आयात प्रक्रिया तीव्र बनाइएको हो । यस वर्ष हालसम्मकै धेरै रासायनिक मल आयात गर्ने लक्ष्य मन्त्रालयले लिएको छ ।

स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता भएमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म हटलाइन नम्बर ९७०००९९११३ मा सम्पर्क गर्न वा क्युआर कोडमार्फत गुनासो दर्ता गर्न मन्त्रालयले आग्रह गरेको छ ।

Facebook Comments Box
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
१ दिन अगाडि

1.4kViews 169 Shares Share on Facebook Share on Twitter खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन…

TOP
216 Shares