
बाँकेका एसपी अंगुर जिसी लुम्बिनी प्रदेशकै उत्कृष्ट अनुसन्धानकर्ता घोषितw

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी लुम्बिनी प्रदेशकै उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३ का अवसरमा एसपी जिसीलाई वर्षकै उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा सम्मान गरिएको हो।
प्रदेश प्रहरी कार्यालयले यस वर्षदेखि सुरु गरेको ‘बेस्ट इन्भेस्टिगेसन सोकेस’ कार्यक्रममा विभिन्न जिल्लाले आफ्ना उत्कृष्ट अनुसन्धान कार्य प्रस्तुत गरेका थिए। तीमध्ये बाँके जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान उत्कृष्ट ठहरिँदै एसपी जिसी सर्वोत्कृष्ट घोषित भएका हुन्।
उत्कृष्ट अनुसन्धान कार्यको कदरस्वरूप उनलाई पुरस्कारसहित सम्मान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
बाँकेको नेतृत्व सम्हालेपछि एसपी जिसीले अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा कायम र प्रभावकारी प्रहरी सेवामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनको कार्यसम्पादनको प्रशंसा गरिएको छ।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
२ दिन अगाडि
2.4kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





