

बाँकेका एसपी अंगुर जिसी लुम्बिनी प्रदेशकै उत्कृष्ट अनुसन्धानकर्ता घोषितw

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी लुम्बिनी प्रदेशकै उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३ का अवसरमा एसपी जिसीलाई वर्षकै उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा सम्मान गरिएको हो।
प्रदेश प्रहरी कार्यालयले यस वर्षदेखि सुरु गरेको ‘बेस्ट इन्भेस्टिगेसन सोकेस’ कार्यक्रममा विभिन्न जिल्लाले आफ्ना उत्कृष्ट अनुसन्धान कार्य प्रस्तुत गरेका थिए। तीमध्ये बाँके जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान उत्कृष्ट ठहरिँदै एसपी जिसी सर्वोत्कृष्ट घोषित भएका हुन्।
उत्कृष्ट अनुसन्धान कार्यको कदरस्वरूप उनलाई पुरस्कारसहित सम्मान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
बाँकेको नेतृत्व सम्हालेपछि एसपी जिसीले अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा कायम र प्रभावकारी प्रहरी सेवामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनको कार्यसम्पादनको प्रशंसा गरिएको छ।
समाज
थप सामाग्री-
भारतीय प्रधानसेनापति सेठ आइतबार नेपाल आउँदै, सोमबार मानार्थ प्रधानसेनापतिको दर्जा दिइने
-
काठमाडौंमा आज सात स्थानबाट ग्यास बिक्री, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
सिमलधारामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध
-
आज देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी
-
नेपाल–भारत सीमापार भोगचलनमा रहेका जग्गाको नापजाँच गर्ने सहमति, तीन वर्षभित्र प्रतिवेदन बुझाइने
सरकारी अधिकारीलाई ‘थुतुने’सँग होइन, जिम्मेवार व्यक्तिसँग छलफल गराऔँः भीम उपाध्याय
१ दिन अगाडि
1.2kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का…





