प्यालेस्टिनी शरणार्थीका लागि युएनआरडब्लुएलाई सहयोग बढाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका लागि प्यालेस्टाइनका स्थायी प्रतिनिधि रियाद मन्सुरले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) लाई राजनीतिक र आर्थिक सहयोग सुदृढ गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।

न्युयोर्कमा आयोजित युएनआरडब्लुएका लागि संयुक्त राष्ट्र महासभाको वार्षिक प्रतिज्ञा सम्मेलनलाई सम्बोधन गर्दै उनले संयुक्त राष्ट्र महासभाको प्रस्ताव–१९४ अनुरूप प्यालेस्टिनी शरणार्थी समस्याको न्यायपूर्ण र दिगो समाधानका लागि आवश्यक राजनीतिक इच्छाशक्ति र साहस देखाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे।

मन्सुरले पछिल्लो समय प्यालेस्टिनी शरणार्थीहरूको पीडा अभूतपूर्व स्तरमा पुगेको उल्लेख गर्दै कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा जारी सैन्य आक्रमण र मानवीय संकटप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले युएनआरडब्लुएले शरणार्थीहरूलाई राहत, शिक्षा, स्वास्थ्य र अन्य आधारभूत सेवा उपलब्ध गराउँदै महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि गाजासहित विभिन्न क्षेत्रमा रहेका लाखौं प्यालेस्टिनी शरणार्थीका लागि युएनआरडब्लुए अपरिहार्य रहेको बताए। उनले एजेन्सीको वित्तीय संकट र सञ्चालनमा लगाइएका प्रतिबन्धले यसको जनादेश कार्यान्वयनमा गम्भीर असर परेको चेतावनी दिए।

गुटेरेसले युएनआरडब्लुएको स्थान लिन सक्ने कुनै वैकल्पिक संस्था नरहेको स्पष्ट पार्दै एजेन्सीलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न तत्काल राजनीतिक तथा आर्थिक सहयोग आवश्यक रहेको बताए।

Facebook Comments Box
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
१ दिन अगाडि

1.4kViews 169 Shares Share on Facebook Share on Twitter खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन…

TOP
116 Shares