लगातारको गिरावटपछि सेयर बजारमा उछाल, नेप्से ४४ अंकले बढ्यो

काठमाडौं । लगातार ओरालो लागेको सेयर बजारमा बुधबार उल्लेख्य सुधार देखिएको छ। यसदिन नेप्से परिसूचक ४४ अंकले बढेर २,६५२ बिन्दुमा पुगेको छ।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। मंगलबार ३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो।

कारोबारमा आएका २५२ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स र आँखु खोला जलविद्युत् कम्पनी अग्रस्थानमा रहे।

यसदिन स्नो रिभर्स लिमिटेड र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य १५ प्रतिशतले वृद्धि भएको छ भने भुजुङ हाइड्रोपावरको सेयर मूल्य १३ प्रतिशतले बढेको छ।

बुधबार कारोबार भएका सबै उपसूचक हरियालीमा बन्द भएका छन्।

Facebook Comments Box
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
१ दिन अगाडि

1.4kViews 169 Shares Share on Facebook Share on Twitter खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन…

TOP
260 Shares