राष्ट्रियसभामा आज साइबर लैङ्गिक हिंसाविरुद्ध सङ्कल्प प्रस्ताव पेस हुँदै

काठमाडौं । राष्ट्रियसभाको आज बस्ने बैठकमा प्रविधिको प्रयोगबाट हुने लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

राष्ट्रियसभा सदस्य रेनु चन्दले महिला हकको संरक्षण, न्यायमा पहुँच सुनिश्चित गर्न तथा आवश्यक नीतिगत, कानुनी र संस्थागत व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने विषय समेटिएको सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नेछिन्।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पनि जानकारी गराउने कार्यक्रम रहेको छ।

यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिनेछन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ।

Facebook Comments Box
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
१ दिन अगाडि

1.4kViews 169 Shares Share on Facebook Share on Twitter खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन…

TOP
124 Shares